धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले संबिधान दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा बिहिबार २५७ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु रहेका छन् ।
गाउँपालिका प्रमुख कृष्णबहादुर थपलिया (विवेक) को सभापतित्व तथा संघीय सांसद एवम् एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डको प्रमुख आतिथ्यता, प्रदेश सांसद मायाँदेवी शर्माको विशेष आतिथ्यता गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे, वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको उक्त सम्मान कार्यक्रमको संचालन पालिकाका शिक्षा अधिकृत बोधराज पाठकले गरेका थिए ।
सम्माानित हुने उत्कृष्ट शिक्षक/विद्यार्थीहरुमा कक्षा ५ तर्फ ३३ जना, कक्षा ५ तर्फ ५३ जना, कक्षा १० तर्फ ११२ जना, कक्षा १२ तर्फ ५० जना र अवकाश हुने शिक्षकहरु ९ जना रहेका छन् ।
सम्मानित हुनेहरुको सूची
सम्मानित हुने स्वेच्छिक तथा अनिवार्य अवकाश प्राप्त शिक्षक
- लिलानाथ त्रिपाठी, बागेश्वरी मावि,रिचोकटार
- कृष्णराज सिलवाल, बुद्धिविकास आवि,चरौदी
- उमादेवी लोहनी, बागेश्वरी मावि,रिचोकटार
- लक्ष्मी प्रसाद लोहनी, बागेश्वरी मावि,रिचोकटार
- ठम्मर प्रसाद कडेल, जनगाउँ आवि
- रामशरण सिलवाल, आदर्श आवि
- जीवन कुमार श्रेष्ठ, सिमटार आवि
सम्मानित हुने बालविकास शिक्षकहरु
१. उर्मिला लोहनी- रावलडाडा आवि
२. संगिता नेपाल- बागेश्वरी मावि
३. अम्बिका सुनार- हर्कपुर मावि
४. विमला ढकाल सिलवाल- ओर्बाङ आवि
५. रीता लायो मगर- शंखादेवी मावि
६. अनुष्का बराल- पञ्चकन्या मावि
७. संगिता बास्तोला- पदमचौर आवि
८. सीता चेपाङ- चित्रकला आवि
९. इन्दिरा विक- कालिका मावि बिधाङ
१०. रेवती विछुराल- चन्द्रोदय मावि विशालटार
कक्षा ३ सम्म सञ्चालित विद्यालयहरुबाट सम्मानित हुने शिक्षकहरु
१. प्रअ सीता घले- धुषा आवि
२. प्रअ योवकुमारी महरठ्ठा – जोगिमारा आवि
३. प्रअ नानीमाया पाठक – भंगेरी आवि
४. प्रअ सम्झना थापा मगर- मालिका आवि
५. प्रअ शर्मिला सिलवाल- सिद्धकाली आवि
६. प्रअ बुद्धिमाया तामाङ- बागेश्वरी आवि
७. प्रअ श्री सम्जना सामरी – सितामाई आवि