धादिङ । जनस्वास्थ्य कार्यलय धादिङले गत आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय सुचाङ्कको आधारमा गरेको मुल्यांकनमा नीलकण्ठ नगरपालिका प्रथम हुन सफल भएको छ ।
जनस्वास्थ्य धादिङले गरेको उक्त मुल्याङ्कनमा बेनीघाट रोराङ गाउँपालिका दोस्रो र गजुरी गाउँपालिका तेस्रो भएका छन् ।
विजेता भएका तीन वटै स्थानीय तहका स्वास्थ्य संयोजहरुलाई आज एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान जनस्वास्थ्य कार्यलयले सम्मान गरेको छ ।