बेनीघाट रोराङको सहकारीहरुलाई परिपत्र

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ ११, २०८१

श्री सहकारी संस्था सबै,
बेनीघाट रोराङ गाउँपालिका ।

विषय:- परिपत्र

उपरोक्त सम्बन्धमा यस बेनीघाट रोराङ गाउँपालिका भित्र रहेका सहकारी संस्थाहरुको अनुगमन तथा नियमन गर्ने अधिकार स्थानीय सरकार संचालन ऐन अनुसार स्थानीय सरकारलाई रहेको व्यहोरा अवगत नै छ । यसर्थ यस गाँउपालिका भित्र रहेका सम्पूर्ण सहकारी संस्थाहरुलाई सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा ३, ४,५२६ मा तोकिए का तपशिल बमोजिमका कार्य आगामी साधारणसभामा नगर्न/नगराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ।सहकारी ऐन,नियमको वर्खिलाप हुने कार्य गरे गराएमा कारवाही हुने वेहोरा जानकारी को लागि अनुरोध छ । तपशिल
१. एउटै परिवारको एक भन्दा बढी व्यक्ति एकै अवधिमा संचालक तथा लेखा समितिको पदमा उम्मेदवार बन्न र निर्वाचित हुन सक्ने छैन ।
२. कुनै सहकारि संथाको संचालक सोही संथाको कर्मचारी वा आफ्नो संथाले सदस्यता लिएको सहकारी संथा बाहेक अर्को कुनै सहकारी संथाको संचालका बन्न पाउने छैन ।
३. एक व्यक्ति एक समयमा एक मात्रै सहकारी संथाको संचालक समितिमा हुन सक्ने।

नर्बदा घिमिरे
प्रमुख प्रशासकीय अधिकृत