एजेन्डामा पानी जहाज र रेल
वास्तबवकता चारै तिर झेल
गणतन्त्र ल्याउन राजा हटायौँ
जनतालाई सधै लप्पु चटायौ
७ सालमा राणा फाल्यौ ६५ मा
राजा फाल्यौ
खै त माखो मारेको देशमा ?
बाहिर हुँदा ठूलो स्वरमा भुक्छौ
सरकारमा गएसी तै चुप मै चुप
चाप्लुसी मात्र फुक्छौ
दुई खुट्टे होईन तिमी ४ खुट्टा हाल
भयभरको गिदि जति रद्दिमै फाल
हातमा हतियार बातमा मतियार
भयो आज यिनी देश लुट्ने सतियार
काम गर्ने ठाउमा आँखा कतै जान्न
लुट्टन पाउने ठाउमा दौडिहाल्छ तान्न
यता भ्रष्टाचारिहरु देश लुटेर घिच्ने
उत भारत हाम्रो सिमा मिच्ने
हे आकाश छुने गफ गरेर
पातालमा भासिने
महाराजा हो
जनतालाई भुटानी बनाएर के पायौ तिमिले ?
यता देशमा ग्यास पाईपलाईन चल्यो
उता जनताको चुलो ढल्यो
बल्नु पर्ने चुलो उल्टै निभ्यो
खै त तिम्रो पाईपलाईनले
ग्यास सप्लाई गरेको ?
समानताको सपना तुहियो
दस वर्षे जनयुद्ध कुहियो
आफ्ना सबै बनाए
अराजकताले गनाए !
कुटनिती झुटनिती भो
राजनिती सिर्फ
फुटनिती र लुटनिती भो !
कोहि भए जोकरको खेल
कैले यता कहिले उता गर्दैछ झेल
कोहि दुई स्वास्निको पोइ भाछन
कहिले यता कहिले उता गाछन
जङ्गलबाट आए, देश खाए,
हेर्दै जाउ
एक दिन यिनिहरु राजाको टाङमुनी छिर्छन्
उस्तै परे फेरि गोली गट्ठा भिर्छन्
नयाँले नयाँपन भुले
पुरानाकै पछि डुले
काम आउन्जेल खेलाई खेलाई पाले
आफू नाङिन थालेसी लाठी हानी फाले
होसियार घण्टी हो
यिनिहरु सँग मिल्यौ भने तिम्रो घण्टी फुट्नेछ
उस्तै परे तिम्रै बिरुद्ध जनता जुट्नेछ ।
बन्ने भए बालेन जस्तो बन
नबन्ने भए कुम्लो बोकि भागिहाल
मुग्लान तिर लागिहाल ।
कुरा मात्र ठूलो काम शून्य भो
सत्ताको हतारो भोकले देश खर्लप्पै भो
केही गर्छु भन्न त देशको झण्डा बोक्नुपर्छ
पार्टिको झन्डाले तिनै नेतालाई ठोक्नुपर्छ
हे युवा हो
अब तिमिहरु पार्टिको झोला बोक्दै नबोक
बोक्नुनै छ भने कलम र कापि बोक
भ्रष्ट र अराजकता बिरुद्ध निरन्तर ठोक
कर्णालिमा पुलबाट खच्चड खसे
काठमाडौंमा सडक फुटेर
मोटरसाईकल फसे
अझै कानमा तेल हालेर बस्दै छौ
बिकासको गफ निरन्तर कस्दै छौ
अब खस्ने र फस्ने दिन
आफ्नै आयो
खै बुझेको लाल बुझक्कडहरुले ?
जनता कति उपचार नपाई मरे
कति भोकले मरे, कति शोकले मरे
तिमिहरु टाउको दुख्दा विदेश जान्छौ
पेट दुख्दा देशको करोडौ खान्छौ
खै कहिले लाग्ने यिनको घैटोमा घाम ?
हे मुर्खका पिता हो
एकपटक गाउँ तिर हेर्न जाउ
हाम्रा आमाहरु अझै तुईन तरिराछन
बाढिको मुस्लोमा झरिराछन
कति गर्छौ तिमिहरु ढुङा र मुडाको राजनिती
कहिले काहीँ त दिमागको ढोका नि खोलन ।
कोहि र्याल काड्ने
कोहि गफ फाड्ने
कोहि ललिता निवास घेर्ने
कोहि गिरिबन्दु घेर्ने
कोहि जनता बेच्ने
कोहि क्यान्टोनमेन्ट पचाउने
मुर्खको देशम आखिर
देश चाहिँ कोले बचाउने ?
कहिले काहीँ त यसो सोचन हो
देशमा जनता पनि छन् !
उमेरले नेटो काट्यो
तर सत्ताले नेटो कटेन
गफ हाक्नेहरु अझै गफ हाक
र्याल चुहाउनेहरु ७–७ पटक प्रम बन
बन्दुक उठाउनेहरु
दुई स्वास्निको बिचमा पस
यता खेल उता खेल
यस्तैले हो राजनिती डुङ डुङ गनाको
देश र जनतालाई नाङ्गो बनाको
रुखको पात झर्यो रे,
सुर्यको ताप सकियो रे
हसिया हथौडाको धार झर्यो रे
अब झर्न बाकी यिनको सेखी मात्र हो !
उठ जनता हो अब झार्ने बेला आयो !
अब त जनता एकजुट बनौ
मासुमा भोट नफालौ
यी कुहियकालाइ भोट नहालौ !
न स्वास्थ ठिक छ न शिक्षा ठिक
न प्रशासन ठिक छ, न सुरक्षा ठिक छ
न न्यायलय ठिक छ, न सत्ता ठिक छ
न सत्तासीन ठिक छ
यहाँ सबै सस्ता चिज बिक्छ !
पानीको धनी देशमा पिउने पानी छैन
कृषि प्रधान देशमा कृषीको मूल्य छैन
आफ्नो फजल रोडमा फालिन्छ
आयात गरेर जनता पालिन्छ
अरु देशको बिकास घोड जस्तो भो
हाम्रो बिकास कछुवामा गो
अब त एउटा जङ्ग बहादुर आउनै पर्छ
देशले निकास पाउनै पर्छ
उठौ अब, जुटौ अब
कति सहन्छौ हो जनता
अत्याचार बिरुद्ध नारा लाउनै पर्छ।
जनता आफै दोषी हुन
जले जति भ्रस्टाचार गरे पनि
चुप लागेर बसे
पार्टिको झण्डामा कम्मर कसे
मासु र भातमा होटल पसे
अनि को फस्छ तिमिहरु नफसे ?
१७ हजार मारेर गणतन्त्र ल्यायो
गाईको ठाउमा गोरु ब्यायो
जनता र देश अलपत्रमा पर्यो
घुस र लुटले देश ध्वस्त पर्यो
चामलको माला लगाएर
चामल नै आयात गर्नेहरु हो
अलिकती लाज भए मुख छोप्ने गर ।
बलेन एक्लै चम्केका छन्
बिकासको बाटो लम्केका छन्
माटो आफै बनेर बाटो आफै बनेर
भ्र९ष्टको जालो खनेर
हे बालेन।।
अबको आसा तिमी हौ
अबको भरोसा तिमी होउ
मिसन ८४ लाई भिषण बनाउ
भुक्ने हरु भुक्दै गर्छ,
फुक्ने हरु फुक्दै गर्छ
देशको जिम्मा अब तिमी लेउ
जनता र देशलाई बाचाई देउ
युवा जमातलाई काधमा बोक।
देशका धमिराहरुलाई एकएक गरि ठोक !
खिचडि सरकार
चाकरी, चाप्लुसी र लम्पसारमा ब्यस्त छ
तीन तहको सरकार भ्रस्टाचारमा
चुर्लुम्म डुबेको छ
२ वर्षमा २ दर्जन मुख्य मन्त्री फेरिन्छ
फालिदेउ प्रदेश सरकार
घाँटी भन्दा ठूलो हड्डि निल्न सक्दैन देशले !
मिसन ८४ भनेको के हो
गर्नु नै छ भने मिसिन ८४ गर
उद्योग कलकारखाना खोल
रोजगारी देउ ,
जनतालाई जहाज यात्राबाट रोक
मिसन त ५–५ वर्षमा थपिने हो
मिसिन टार्गेट राख सधैलाई हुन्छ ।
८० कटेका नेता सदनमा,
३० कटेको गाडी सडकमा
४० कटेको प्लेन आकशमा
अनि किन हुन्न देश दुर्घटना
अनि किन हुन्न सडक दुर्घटना
अनि किन हुन्न आकाश दुर्घटना ?
दुर्घटनै दुर्घटना कति हेर्ने ?
क्लास चड्दा खुसी छैन जनता
प्लेन चढ्दा खुसी छन् !
एयरपोर्टमा गएर हेर त
एकातिर बाउ रुन्छ
अर्कातिर आम रुन्छिन
बिचमा छोरा छोरी
आसुको भेल बगाउदै बाटो लाग्छन् ,
पीडा कोले देख्छ ?
त्रिभुवन विश्वबिधालय खाली भो
त्रिभुवन यरपोर्ट भरिभराउ भो
खै तिम्रो गुणस्तरिय शिक्षा नीति ?
खै तिम्रो निशुल्क शिक्षा ?
खै तिम्रो ब्यबहारिक ज्ञान ?
कोहि बिसौ पाटक मन्त्री भए
कोहि पाचौ र छैटौं पटक भए
कोहि ज्योतिसको भरमा
सातौ पटक कुर्दै छन्
गणतन्त्रको असली रुप क्या मजा !
जनयुद्द्ले जन्माएको प्रचन्ड
पर्खदैछन सहिद परिवारको दन्ड
१७ हजारको बलि दिने
डाक्टरहरु दुलो भित्र पसे
तराई तिर दलहरु अबसरबादमा फसे
जता मौका उतै चौका यहि हो उदन्ड !
अरे वाफरे वाफ नेता ज्यु
शान्तिको दुत बुद्दको देशमा
अशान्ती र भ्रस्टाचारको खेल
कति फलिफाप बनायौरु
जय श्री पशुपतीनाथ !
सद्बुद्धिको ढोका खोलिदेउ !
सविन केसी