धादिङ । धादिङ जिल्ला तेक्वान्दो संघमा आवद्ध मलेखु तेक्वान्दो डोजाङ र गजुरी तेक्वान्दो डोजाङका जुनियर खेलाडीहरुको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । डोजाङका प्रशिक्षक धनबहादुर गुरुङका अनुसार उक्त कार्यक्रममा ६० जना खेलाडीहरु सहभागी थिए ।