नेपालमा क्रिकेटले पारेको प्रभाव

Avatar photo
Dhadingpost
शनिबार, साउन २६, २०८१

पृष्ठभूमि (Background)
क्रिकेट एक ब्याट र बलको खेल हो जसमा दुई टिमले खेल्छन् । प्रत्येक टिममा ११ खेलाडी हुन्छन् । खेल मैदान को बीचमा २२ यार्ड लामो पिच हुन्छ जसको दुबै छेउमा क्रिकेट राखिएको हुन्छ । नेपालमा क्रिकेटले अन्य देशहरुमा जत्तिको ऐतिहासिक रूपमा स्थापित नभए पनि विगत केही दशकहरूमा उल्लेखनीय बृद्धि र विकास भएको छ । खेलकुदले विशेष गरी युवाहरुमाझ निकै लोकप्रियता हासिल गरेको छ र सहभागिता र दर्शक दुबैमा बृद्धि भएको छ । यो पृष्ठभूमिले नेपालको क्रिकेटको इतिहास विकास, चुनौती र वर्तमान अवस्थालाई समेटेको छ ।

सन् १९२० को दशकमा सत्तारुढ राणा परिवारले नेपालमा क्रिकेटको सुरुवात गराएको थियो । बेलायती संस्कृतिबाट धेरै प्रभावित भएका शासक राणा परिवारले क्रिकेटको शुरुवात गरे जसले गर्दा यो धेरै दशकसम्म मुख्यतया अभिजात वर्गले खेलेको खेल नै रह्यो । सुविधा र उपकरणको अभावका कारण खेलकुदमा सर्वसाधारणको पहुँच सीमित थियो । १९४६ मा नेपाल क्रिकेट संघको स्थापना देशभित्र खेल संगठित र प्रवर्दधनको लागी एक महत्वपूर्ण कदमको रुममा चिहिनत गर्यो ।
नेपाल सन् १९८८ मा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (ICC) को सम्बन्ध सदस्य बनेको थियो । यस सदस्ताले नेपालको क्रिकेटलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न र विकास गर्न मद्धत पुरायो । यो सम्बन्ध नेपाली क्रिकेटको लागि एउटा टर्निङ प्वाइन्ट थियो किनकि यसले अन्तर्राष्ट्रिय एक्सपोजर र विकासका अवसरहरूको ढोका खोल्यो ।

देशले आफ्नो ICC टुर्नामेन्ट आईसिसि ट्रफी १९९६ मा भाग लियो । यद्यपी टोलीले असाधारण राम्रो प्रदर्शन गर्न सकेन । यो एक महत्वपूर्ण सिक्ने अनुभव थियो । नेपालको घरेलु क्रिकेट संरचनामा विगतका वर्षहरुमा धेरै परिर्वतनहरू देखिएका छन । शुरुमा क्रिकेट अव्यवस्थित रुपमा खेलिन्थ्यो जसमा केही क्लब र विद्यालयहरु सहभागी थिए । तर क्षेत्रीय क्रिकेट संघहरुको गठनसँगै खेलले संरचित रूप लिन थाल्यो । राष्ट्रिय क्रिकेट लिग र विभिन्न क्षेत्रीय प्रतियोगिताको परिचयले उदीयमान क्रिकेटहरुलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गरेको छ ।

नेपाली क्रिकेटको विकासको एउटा महत्वपूर्ण पक्ष भनेको युवा विकासमा केन्द्रित रहेको छ । अन्डर १९ टोली विशेष गरी सफल भएको छ । प्राय: अन्तराष्ट्रिय टुर्नामेन्टहरुमा अपेक्षाहरु भन्दा राम्रो प्रदर्शन गर्दै नेपालले यू–१९ टोलिले विश्वकपमा नेपालले सातपटक सहभागिता जनाइसकेको छ । सन् २००० देखि २००८ सम्म नेपाल लगातार पाँचपटक विश्वकपमा छनोट भएको थियो । २००० मा क्वार्टरफाइनलमा पुगेको नेपालले त्यसयता समूह चरण नै पार गर्न सकेको थिएन । समूह चरणबाटै आउट भएका टिमहरूलाई खेलाइने प्लेट च्याम्पियनसिपमा भने नेपाल सन् २००२ मा उपविजेता र सन् ००६ मा न्युजिल्यान्डलाई हराउँदै विजेता बनेको थियो ।

नेपालको राष्ट्रिय क्रिकेट टिमका पहिलो कप्तान भने पवन अग्रवाल हुनुहुन्थ्यो । उहाँले १९९६ मा नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको समयमा गर्नु भएको थियो त्यसैगरी क्रिकेट खेलमा २००४ मा पारस खड्काले टिमको नेतृत्व कारण नेपालका एक चर्चित क्रिकेट खेलाडीको उपाधी पाएका थिए । उनी लामो समयसम्म नेपाली क्रिकेट टिमको कप्तानको भूमिकामा थिए र नेपाललाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेतृत्व गरेका छन् । पारस खड्का नेपाली क्रिकेटका लागि एक प्रेरणादायक व्यक्तित्व हुन् र उनको कप्तानीमा नेपालले वनडे (One Day International) स्टेटस प्राप्त गरेको थियो ।

हाल नेपाल क्रिकेट टीमले उल्लेखनीय प्रगति गर्दै छ । २०२४मा भएकोटी ट्वान्टी विश्वकपमा रोहित कुमार पौडेलको कप्तानीमा छनोट भएर नेपालको क्रिकेटले ऐतिहासिक सफलता प्राप्त गरेको छ । नेपालले एसीसी प्रिमियर लिगको समुह पुगेको थियो र सेमिफाइनलमा युएईलाई पराजित गरी फाइनलमा स्थान पक्का गरेको थियो । टिमका केही महत्वपूर्ण खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । उदाहरणका लागि, आसिफ शेख र गुल्शन झाको प्रदर्शनलाई विशेष रूपमा सराह गरिएको थियो । आसिफ शेखले टी–२० विश्व कपको छनोट खेलमा शानदार पारी खेलेका थिए भने गुल्शन झाले बलिङ् र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालमा क्रिकेटको सुशासन र विकास गर्ने उद्देश्यले संघको स्थापना भएको हो । सुरुमा राजनीतिक अस्थिरता र स्रोतसाधनको अभावका कारण यसको प्रयास सीमित थियो । तर, संघले घरेलु प्रतियोगिता आयोजना गरी नेपाली टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी गराउने गरी क्रिकेटको लागि संरचित वातावरण सिर्जना गर्ने काम गरेको छ ।

त्यसपछि नियमित सहभागी हुँदै आएको छ । उल्लेखनीय उपलब्धिहरूमा 2016, ICCU–19 विश्व कपमा पाकिस्तानलाई हराउनु समावेश छ, यो उपलब्धिले नेपाली क्रिकेटमा उल्लेखनीय ध्यान ल्यायो । अन्तराष्ट्रिय क्रिकेटमा नेपालको यात्रा धेरै कोशेढुङ्गा उपलब्धिहरुद्वारा चिन्हित छ । २०१८ मा नेपालले ICC विश्व क्रिकेट लिग डिभिजन दुईको शीर्ष तीनमा परेपछि एक दिवसीय अन्तराष्ट्रिय (ODI) स्थिति प्राप्त गर्यो । यो स्थितिले नेपाललाई अधिकारिक एकदिवसीय खेल खेल्न अनुमति दिएको छ, जसले देशमा क्रिकेटको प्रोफाइललाई अझ बढाएको छ ।

नेपालमा क्रिकेटको भविष्य आशाजनक देखिन्छ, खेलले सामना गरिरहेका चुनौतीहरुलाई सम्बोधन गर्ने उद्देश्यका साथ धेरै पहलहरू गर्नुपर्दछ । सन १९९० को दशकमा नेपाल क्रिकेटको सुरुवात भएदेखि नै धेरै लामो यात्रा तय भएको छ । खेल लोकप्रियता र महत्व मा बढेको छ, अन्तराष्ट्रिय स्तरमा उल्लेखनीय सफलताहरु हासिल गरेको छ । यद्यपी विशेष गरी पूर्वाधार वित्त र सुशासनका सन्दर्भमा महत्वपूर्ण चुनौतीहरु बाँकी छन् । निरन्तर प्रयास र लगानीका साथ नेपालको क्रिकेटको भविष्यले ठूलो प्रतिज्ञा राखेको छ । सम्भावित रूपमा अन्तराट्रिष्य क्रिकेट मैदानमा देशलाई बलियो प्रतिस्पर्धाको रूपमा स्थापित गर्ने ।

समस्याको कथन (Problem Statement)
नेपालको क्रिकेट जगतले धेरै महत्वपूर्ण चुनौतिहरूको सामना गरिरहेको छ । पहिलो, अपर्याप्त क्रिकेट मैदान र प्रशिक्षण सुविधाहरू सहित पूर्वाधार र सुविधाहरु अविकसित छन् । आर्थिक सहयोग सीमित छ, अपर्याप्त कोष र प्रायोजनले वृद्धिमा बाधा पुग्याउँछ । नेपाल क्रिकेट संघ (क्यान) भित्र व्यवस्थापनका मुद्दाहरूमा कथित विभिन्न समस्या र कुप्रबन्धन प्रभावकारी सुशासनलाई कमजोर पार्ने समावेश छ ।

यस बाहेक, नेपालले ओडीआई (ODI)स्टाटस पनि कायम राख्न सफल भएको छ, जसले देशको क्रिकेटको विकासमा थप गति दिएको छ । नेपाल क्रिकेटको विकासमा क्यान (क्रिकेट एशोसिएशन अफ नेपाल) र सरकारको भूमिका महत्वपुर्ण रहेको छ ।
नेपालको परिस्थिती हेर्दा राष्ट्रिय टोलीसँग खेलाडीहरुको अनुभव र एक्सपोजरलाई सीमित गर्दै उच्च श्रेणीका अन्तराष्ट्रिय टोलीहरू विरुद्ध प्रतिस्पर्धा गर्ने सीमित अवसरहरू छन् ।

सन्दीप लामिछानेको कानूनी मुद्दा त्यस समयमा नेपालमा चर्चाको विषय बनेको थियो । सन्दीप लामिछानेविरुद्ध एक किशोरीले २०७९ भदौ २१ गते जबर्जस्ती करणी गरेको आरोप लगाएर प्रहरी वृत्त गौशालामा किटानी जाहेर दर्ता गराएकी थिइन् । उक्त घटना पश्चात् नेपाल क्रिकेट सङ्घले उनलाई राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो। आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका थिए । फलस्वरुप, नेपालको न्याय प्रणालीमा चलिरहेको त्यो मुद्दाले धेरै जनताको ध्यान आकर्षित गरेको थियो र यसको परिणामले सन्दीपको क्रिकेट करियरमा ठूलो प्रभाव पारेको थियो ।

उनी लामो समयसम्म विदेशमा टुर्नामेट खेलिरहेका थिए, अनि पछि स्वदेश फर्किएर प्रहरीको नियन्त्रणमा आएका थिए । जसले गर्दा अदालतले उनलाई धरौटीमा रिहा गरेको थियो, तर पछि उच्च अदालतको निर्देशन बमोजिम उनीलाई निर्दोष साबित गरेता पनि अमेरिकामा सञ्चालन भएको टी-ट्वान्टी विश्वकपमा भिसा नदिएको कारण खेलमा सहभागी हुन पाएन् तर पछि भने साउथ अफ्रिकामा सञ्चालन भएको टी-ट्वान्टी विश्वकप खेलमा सहभागी भए ।

साँच्चै नेपालको क्रिकेट जगत विभिन्न समस्याले ग्रसित छ । थप रूममा, योग्य प्रशिक्षकको अभाव र आधुनिक प्रशिक्षण विधिले खेलाडी विकासमा बाधा पु¥याउँछ । उच्च श्रेणीका टोलीहरु विरुद्ध खेल्ने राष्ट्रिय टोलीका अवसरहरू सीमित छन् । जसले उनीहरुको अन्तराष्ट्रिय प्रदर्शन र अनुभवलाई असर गर्छ । यी चुनौतीहरूको बावजुद नेपालमा क्रिकेटले लोकप्रियता हासिल गरिरहेको छ, त्यसैले पनि आवश्यक सार्वजनिक र मिडिया समर्थन प्राप्त गरेको कारण अझ विश्वकम खेल्ने मौका प्राप्त छ गरेको छ नेपालले ।

राजनीतीक हस्तक्षेपले स्थितिलाई अझ जटिल बनाउँछ निष्पक्ष छनोट र क्रिकेट निकायहरुको सुचारु कार्यलाई असर गर्छ । यी चुनौतीहरुलाई सम्बोधन गर्न पूर्वाधारमा पर्याप्त लगानी, सुधारिएको सुशासन, बढ्दो प्रतिभा विकास कार्यक्रमहरू र नेपाली क्रिकेटलाई उच्च स्तरमा उचाल्न थप अन्तराष्ट्रिय एक्सपोजर आवश्यक छ । यद्यपि स्टेडियम निर्माणको गति भने निकै सुस्त छ । त्रिभुवन विश्वविद्यालय मैदान र मुलपानी मैदानले हालका केही महत्वपूर्ण प्रतियोगिताहरू आयोजना गरे पनि पूर्वाधार विकासमा अझै धेरै काम गर्न बाँकी छ । समयमा नेपालको क्रिकेट टिमले अध्दभूत सफलता हासिल गर्दैछ र भविष्यमा अझै ठूला उपलब्धिलहरु हासिल गर्ने सम्भावना राख्छ ।

अध्ययनको उद्देश्य (Objective)

  • यस अध्ययनको उद्देश्य भनेको व्यक्ति वा संस्थाले निश्चित समयावधिमा प्राप्त गर्न चाहेको विशिष्ट मापन योग्य लक्ष्य हो ।
  • युवा प्रतिभाहरुलाई विभिन्न खेलकुद अर्थात क्रिकेटमा प्रोत्साहन गर्नु ।
  • अन्तराष्ट्रिय मञ्चमा व्यावसियक प्रतिस्पर्धा स्थापना गर्नु ।
  • संरचनाहरूको सुधार गर्नु ।

क्रिकेटमा भएको संरचनाहरूको उद्देश्य खेलाडीको सुरक्षा सुनिश्चित गर्नु र चोट पटकको समयमा तुरुन्त चिकित्सा सहायता प्रदान गर्नु हो ।

पुनरावलोकन
नेपाल क्रिकेटको यात्रा प्रारम्भिक चुनौतिहरू र ऐतिहासिक उपलब्धिहरूसँग भरिपूर्ण रहेको छ । यस लेखमा, हामी प्रमुख लेखकहरूको विश्लेषणलाई समेट्दै नेपाल क्रिकेटको इतिहास, यसको विकास र भविष्यका योजनाहरूलाई उजागर गर्ने प्रयास गरेको भूमिका प्रष्ट पार्ने छौं ।

वास्तवमा हेर्ने हो भने नेपालमा धेरै लेखहरू समेटिएको पाइन्छ । त्यसमध्ये शिवकुमार घिमिरेको लेख “नेपाल क्रिकेटको प्रारम्भिक विकास र चुनौतीहरू जसले “कान्तिपुर’’ समाचार पत्रिकामा प्रकाशन भएको थियो, नेपाल क्रिकेटको प्रारम्भिक अवस्था र प्रारम्भिक चुनौतिहरुको गहिरो विश्लेषण प्रस्तुत गर्दछ । घिमिरेले १९४० को दशकमा खेलेको शुरुवात र त्यसपछि आएका समस्याहरुको विवरण दिएका छन् । यस लेखमा प्रस्तुत “सपना देख, संघर्ष गर, सफलता पाउ” नारा खेलाडीहरुलाई स्पष्ट लक्ष्य र निरन्तर प्रयासको महत्वलाई प्रस्ट्याएका छन्।

खेलको प्रारम्भिक अवस्था र चुनौतीहरूको विश्लेषण गर्दा, घिमिरेले देखाएका छन् कि क्रिकेटको विकासमा समय र प्रयासको ठूलो भूमिका छ । खेलको लोकप्रियता र व्यवस्थापनमा सुधारले दीर्घकालीन सफलता सुनिश्चित गर्न महत्वपुर्ण छ ।
त्यसैगरी प्रभात तिवारीले “गोरखापत्र” समाचार पत्रिकामा प्रकाशित “नेपाल क्रिकेटको अन्तर्राष्ट्रिय मान्यता र प्रमुख उपलब्धिहरू” लेखमा नेपाल क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा र प्रमुख उपलब्धिहरुको विश्लेषण गरेका छन् । तिवारीले २०१४ मा टी–२० विश्व कप क्वालिफायरमा नेपालले गरेको प्रदर्शन र त्यसको प्रभावलाई समेटेका छन् । “नेपाल क्रिकेट – विश्वसँग प्रतिस्पधी, देशको गर्व” नारा अन्तर्राष्ट्रिय मान्यता र देशको गर्वलाई दर्शाउँछ । तिवारीले निष्कर्ष निकालेका छन् कि नेपाल क्रिकेटको अन्तर्राष्ट्रिय मान्यता र सफलताले नेपालको खेल जगतमा ठूलो प्रभाव पर्दछ ।

यसले भविष्यका खेलाडीहरुको लागि प्रेरणा र अवसर प्रदान गरेको छ । नविन दाहालको लेख “नेपाल क्रिकेटको संरचनात्मक विकास र व्यवस्थापन” जसले “राजधानी” समाचार पत्रिकामा प्रकाशित भएको छ, नेपाल क्रिकेट संघको संरचनात्मक विकास र व्यवस्थापनको विश्लेषण प्रस्तुत गर्दछ । दाहालले दीर्घकालीन योजनाहरू र व्यवस्थापन सुधारको आवश्यकता र प्रक्रियालाई प्रस्टाएका छन् । “सुनियोजित योजना, उज्जवल भविष्य” नारा व्यवस्थापन र दीर्घकालीन योजनाहरूको महत्वलाई उजागर गर्दछ । त्यसैगरी दाहालले जनाएका छन् कि नेपालको क्रिकेटको दीर्घकालीन सफलता संरचनात्मक सुधार र प्रभावकारी व्यवस्थापनमा निर्भर छ । यसले खेलको व्यापक प्रबर्धन र विकासलाई सहज बनाउँछ । यी लेखहरूले नेपालको क्रिकेटको ऐतिहासिक विकास, चुनौतीहरू र भविष्यको दृष्टिकोणलाई एक व्यापक दृष्टिकोणबाट विश्लेषण गर्दै महत्वपुर्ण सन्देश र नाराहरुलाई प्रस्तुत गरेका छन् ।

अनुसन्धान प्रद्धति
यो अनुसन्धानमा मूलतः गुणात्मक तथ्याङ्क र केही द्धितीय सङ्ख्यात्मक तथ्याङ्क सङ्कलन गरिनेछ । यसर्थ यसमा मिश्रित अनुसन्धान विधिको प्रयोग गरिनेछ । तथ्याङ्कका मुख्य स्रोत पुस्तक, सरकारी तथ्याङ्क र लेख रचनाहरू हुनेछन् । प्राथमिक तथ्याङ्क सङ्कलनको लागि अन्तर्वाती क्षेत्र भ्रमण, गुगल फर्म जस्ता विधिको प्रयोग गरिनेछ ।

सन्दर्भ सामग्री (Reference)

  1. Dahal, N. (2023). The Historical Journey of Nepali Cricket: Achievements and Challenges. Nepal Cricket Journal, 6(1), 21-32.
  2. Tiwari, P. (2022). The Role o Youth in Nepali Cricket: Futu Prospects. Cricket Studies, 11(2), 40-51.
  3. Dahal, S.K. (2021). Strategic Changes in Nepali Cricket: A Review Study. Sports Resea 14(3), 7-18.