गजुरी र बेनीघाट रोराङले चिउरी र चमेरो संरक्षण कार्यक्रम गर्ने

Avatar photo
नारायण सिलवाल
बुधबार, चैत्र २८, २०८०

धादिङ । बागमती प्रदेश सरकारको चेपाङ समुदायको उत्थानका लागि चिउरी चमेरो संरक्षण कार्यक्रम सञ्चालन सम्बन्धी निर्देशिका २०८० अनुसार धादिङको गजुरी र बेनीघाट रोराङ गाउँपालिकाले चिउरी र चमेरो संरक्षण कार्यक्रम गर्ने भएका छन् । चिउरी तथा चमेरोको पारिस्थितिक चक्रका विभिन्न चरणमा प्रदेश सरकार, स्थानीय तह र समुदायको सहभागितामा ऊक्त कार्यक्रम संचालन गर्न प्रदेश सरकारले ६ वटा स्थानीय तह छनोट गरेको छ । जसमा धादिङबाट बेनीघाट रोराङ र गजुरी परेका छन् ।

गजुरीमा ११०० घर घुरी चेपाङ छन्, हामीले १६ लाख माग गरेका थियौं अहिले ७ लाख ७५ परेको छ त्यहि सम्झौता भएको हो । यो कार्यक्रम क्रमागतमा हुनेहुँदा अर्को वर्ष अर्को बजेट पर्ने गाउँपालिकाका प्रमुख गणेशलाले श्रेष्ठले बताए । बेनीघाट रोराङको कुन जन संख्यामा ४० प्रतिशत चेपाङ छन् । यस कार्यक्रम संचालनको लागि २५ लाख माग गरेका थियौं । यस वर्ष प्रदेशले ७ लाख ७५ हजार मात्रै स्वीकृत गरेको छ यहि रकम कार्यान्वयनका लागि आज सम्झौता भएको प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरेले बताईन् ।

बागमती प्रदेशसले यो पहिलो वर्ष चेपाङ र चिउरीको बाक्लो उपस्थिति रहेका मकवानपुरको राक्सिराङ ,चितवनको राप्ती र कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका धादिङको गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा यो कार्यक्रम गर्न लागेको हो ।