आमा तिमिले कति दु:ख पायौ
न कहिले पेटभरी खायौ ।
साहुको मेला गएर साझ खाने चामल जुट्दैनथ्यो
दिनभरिको कामले खान पुग्दैनथ्यो ।
दिनरात नभनी काम गरेर हामिलाइ पढायौ
जति दु:ख परेपनी हुर्कायौ बढायौ ।
एकदिन पक्कै बन्द गर्नेछु सत्रुको बोलिलाई
फेर्न मन छ आमा त्यो तिम्रो पुरानो चोलिलाई ।
-लक्ष्मी न्याैपाने, अर्घाखाँची