कविताः कस्तो शहर मेरो…

Avatar photo
Dhadingpost
शुक्रबार, माघ ५, २०८०

यहाँ
गल्लि नियाल्दा आँखा थाक्छ
पाईला अघि बढ्दा शरीर भारी बन्छ
कोलाहलको आवाजले कंचट तताउँछ
फोहोरको दुर्घन्धले स्वासप्रस्वासमा
अबरोध बनाउछ
मपाईत्वले बसि सक्नु छैन
आफ्ना आफ्ना छैनन्
पराई आफ्ना हुदैनन्
मन छ , मनस्थिति छैन
धन छ, व्यबहार छैन
बुद्धि छ, बुद्धिमान छैनन्
अशान्तिको मुल फुटेजस्तो
साच्चै यहाँ शान्तिको खोजी गर्दा
पलपल मर्नु पर्ने रहेछ..

कस्तो शहर मेरो..
यहाँ
अँखभरी इन्द्रेणी सपनाहरु बोकेर
ओसिएका मनहरु भौतारीरहेका छन्
कोहि कामको खोजिमा
कोहि मामको खोजिमा
कोहि नामको खोजिमा
कोहि जिवनका
पारिलो घामको खोजिमा
कोहि बादलभित्र हराएका छन्
कोहि स्वार्थको भर्‍याङ लम्किदै छन्
असंख्य मान्छेको भिडमा
धेरैको सपना हराएको छ
धेरैको भविष्य हराएको छ
आत्मियताको जालो भित्र
षडयन्त्रको दम्लो बाटिन्छ यहाँ
कहिले जिन्दावाद र मुर्दाबादका
नारा जुलुस सुनिन्छ
कहिले बन्द हड्तालको जालो बुनिन्छ

भो मलाई नसोध्नु मेरो हाल
म रोएको पनि हुन सक्छु
म हासेको पनि हुन सक्छु
म मरेको पनि हुन सक्छु
म बाचेको पनि हुन सक्छु
यो पिडै पिडाको शरमा

काडा भएर दुखेको पनि हुन सक्छु
सुवासिन फुल बनेर
फुलेको पनि हुन सक्छु
के थाहा ,
कतै म, यी सबै भित्र
पलपल मरेरै पनि बाचेको हुन सक्छु

कस्तो शहर मेरो…
आफू रमाई बाचेको छ
धेरै गाउँ रुहाई हासेको छ
आकाशको चारालाई
पिंजडामा राखेको छ
बन्धन त दाम्लोहरुमा भेटिन्थ्यो
तर यो शहरले
दाम्लो बिनै बाधेको छ
यहाँ मानिस छ मन छैन
जीवन छ प्राण छैन
शिक्षा छ चेतना छैन
बेदना छ संबेदना छैन
अस्तित्व छ महत्व छैन
जनघनत्व छ , सम्बन्ध छैन
आसाको खोजिमा लम्केका
कैयन पाईलाहरु
निरासाको पोल्टामा
लुट्पुटिन पुगेका छन्
यस्तो लाग्छ,
यो शहर त
बत्ती भएरै पनि
अन्धकारको खंडहरमा
परिणत भैसेकेछ…