माल्टा पठाई दिन्छु भन्दै ठगी गरेको आरोपमा धादिङकी लक्ष्मी श्रेष्ठ पक्राउ

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १५, २०८०

धादिङ । वैदेशिक रोजगारीका लागि माल्टा पठाईदिन्छु भनी रकम गरेको आरोपमा धादिङ त्रिपुरा सुन्दरी गा।पा वडा नं। १ घर भई हाल जिल्ला काठमाण्डौ का।म।न।पा वडा नं। १३ बाफल बस्ने वर्ष २९ की लक्ष्मी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

कुलमान कुमाल समेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि प्रतव्यक्ति ९ लाख लाग्ने र माल्टा पुगेपछि प्रतिष्ठित होटलमा मासिक १ तलाब हुने भनी ६ लाख आठ हजार लिई सम्पर्क बिहिन बनेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आरोपीत श्रेष्ठलाई प्रहरीले काठमाडौं बाफलबाट आज बिहान ८ः३० बजे पक्राउ गरेको हो । तस्वीर साङ्केतिक