धादिङ । पश्चिमा संस्कृतिका कारण नेपाली मौलिक कला र संस्कृतिहरु विस्तारै हराउँदै गएका छन् । यसको चपेटामा नेपालीहरुको महान पर्व दशै पनि परेको छ । अहिले दशैँमा बाटिँदैनन् बाबियाको लठारो । गाडिँदैनन् बाँसका खम्बाहरू । पहिला पिङ लगाइने चौर पनि सुनसान देखिन्छ । माहोल मौन छ, लिङ्गो कटाउँदा गुञ्जिने ‘चाचाहुइया’ गुञ्जिँदैन आजकल । समयले दशैँलाई पनि आफूसँगै फेरिदिएको छ । अहिलेका पुस्तालाई रोटे र लिङ्गे पिङको महत्व मात्रै होइन यसको आकार र स्वरुपका बारेमा पनि थाहा छैन ।
बाँस, लठारो, काम्रो, काठ आदिको व्यवस्थापन गर्न हरेक घरबाट केही रुपैयाँ सङ्कलन गरिन्थ्यो । पिङ लगाउने स्थान पनि प्रायः निश्चित नै हुन्थ्यो । साझा चौर या मन्दिरको प्राङ्गण । बाबियोको डोरी बाटेर बाँसको लिङ्गा गाडेर ‘लिङ्गे पिङ’ हाल्ने गरिन्थ्यो । सामान्यतया लिङ्गे पिङ बाँसका लिङ्गा गाटेर बाबियोको डोरीको लठ्ठा बनाएर बनाउने गरिन्थ्यो । पुरानो संस्कृति र परम्परा जोगाउन अहिले गाउँघरमा बाबियोको डोरी बनाउने मानिसको अभाव रहेका कारण पनि ‘रोटे र पिङको संस्कार’ पनि हराउँदै गएको छ ।
नेपाली मौलिक संस्कृति जोगाउन केहि जमर्को पनि पछिल्लो पुस्ताले सुरु हुन थालेका छन् । संस्कृति र परम्परा जागाउ अभियान अन्तरगत ज्वालामी गाउँपालिका स्थित हुलाक भन्ज्याङमा करिब ३५ बर्ष रोटे पिङ राख्ने तयारी भएको छ । स्थानीय लिलामान शाक्यको सक्रियातमा उक्त रोटे पिङ उक्त कार्यलाई स्थानीयले सघाए भने पालिका सरकारले पनि आर्थिक सहयोग गर्ने भएपछि ३५ वर्ष पछि हुलाक भन्ज्याङमा रोटे पिङ बन्ने भएको हो ।