सल्यानकोट माविमा शुभकामा आदान प्रदान

Avatar photo
कला थापा
शुक्रबार, अशोज २६, २०८०

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानकोट माध्यामिक विद्यालयमा नजिकँदै गरेको बडा दशैको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्याक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वडा अध्यक्ष कुशबहादुर सिटौलाले सल्यानकोट माविलाई नमुना विद्यालय बनाउन जोड दिने बताएका थिए । शिक्षकहरुलाई जिम्मेवारीका साथ पढाउन र विद्यार्थीहरुलाई अनुशासनमा रहेर अध्ययन गर्न आग्रह गर्दै अध्यक्ष सिटौललाले नमुना विद्यालय बन्न चाहिने इन्डिकेटर छिटै पुरा गर्न आफु लागेको समेत बताएका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु थापाले शुभकामना मन्तव्य राख्दै दशैलाई भड्कीलो नबनाउन आग्रह गरेका थिए भने विद्यार्थीहरुले नाँच गान समेत प्रस्तुत गरेका थिए ।