कुन दलका नेता भौतीकवादी बने कुन नेता आध्यात्मिक बने, भन्ने कुरा गौण हो कुन नेताले यो मुलुक समृद्धि बनाउन तर्फ केन्द्रीत रहे यो मुख्य बिषय हो । हामी झोले र चाटुकार बाहेक कोही माथी आएनौ सोचेनौ । पुराना दललाई गाली मात्र गरेर स्थापित हुन खोजेको दलिय नेताको पनि नयाँ पन मैले चै केही देखिन कार्यकर्ता त तेहि पुरान दलबाट बसाई सरेका न हुन, के आशा गर्नु । राजनिति मुख्यतया धमिलो पानीमा माछो मार्ने खेल बाहेक केही देखिएन स्वार्थ लुप्त बाहेक केही देखिएन । नयाँ दलको नेता पनि गृहमन्त्रीको लागी देउवा ओली, प्रचण्ड वरिपरि फनफनी घुमेको देख्दा म चकित भयकै हुँ उनै रबी लामिछानेको मनोविज्ञान हेर्दा लाग्छ कि तिमीहरु नै गर कि हामीलाई गर्न देउ ।
रबी लामिछानेको यहि भावको अभिव्यक्ति निराशाको होकी याचनाको ? रवि लामिछानेको राजनितिक यात्रा भन्दा दशौं गुणा बढी त पुराना दलका नेताले जेलमा बिताएका छन् । तर पनि ति न निराश भए न थाके । साँचो कुरा त उनिहरुको त्यहि त्यागको परिणाम न हो आजको राजनितिक उपलव्धि । के छ त्याग रबी लामिछानेको वर्तमान राजनितिमा ? र पुराना दलले किस्तिमा सजाएर राजनितिको चावी उन्लाई बुझाउनु पर्ने ?
रबी लामीछानेको उमेरका आम मान्छेले सोचौ त के तपाईको जतिको त्याग छ उन्को वर्तमान राजनितिमा ? भलै मज्जैले विग्रीएका छन पुराना दलका सुप्रीमहरु । तर,तिनिहरुसंग वितेका कष्टका क्षणको योगदानहरु त अझैपनि ताजै छ जनतामा । तिनै यादहरुका कारण पनि रबी लामिछानेहरु हतारिने बेला भएको छैन न हतारिएर फाईदा नै छ उस्लाई । मिसन ८४ मात्र भनेर भएन आजको मिति देखि २०८४ सम्म चै के गर्ने हो ? अनि २०८४ देखि चै के गर्ने हो स्पष्ट खाका पनि त चाहिएला नि हैन र ?
राज्य राजनितिक, सामाजिक्, आर्थिक, धार्मीक रुपमा फस्दै गएको छ, यो सब अहिलेको राजनिनिक दलका नेताहरुको अक्षमताले हो भने नयाँ दलका नयाँ भनिने नेताहरुको यस्को हल गर्ने क्षमता मैले देखेको छैन । अति नयाँ भन्ने र उदयिमान शक्त्तीको रुपा उदाउँदै गरेकाहरु इजी कम इजी गो बाहेक केही हुने छैन हैन भने नयाँले नयाँ पन दिन अति जरुर छ ।
प्रधानमन्त्री प्रचण्ड छिमेकी राष्ट भारत भ्रमणको समयमा भिरेका गेरु बस्त्र र हालै चाइना गयर मान सरोबरको दर्सन भ्रमणले गर्दा उग्र कम्युनिष्ट वा नास्तिक बिचारको च्याप्टर क्लोज भयको छ । ओली माधब त होली वाइनको नेपाली कृस्चीयनीटीको नेपाली एजेन्ट नै हुनभन्दा फरक नपर्ला यो हिजोको समयमा हामीले देखी सकेका छौ । यिनीका पाटीका नेताहरुले चालाएको बिभिन्न राष्टिय तथा अन्तराष्टिय दात्री सस्थाबाट भित्रीएका डलर र डलरवादीहरुले चलाएको अभियानबाटै हामी प्रष्ट हुन सक्छौ ।
नेपाली राजनितिक इतिहास सँग सुटक्क अडिएर हामीले बिष्लेषण गर्ने हो भने ढिलै भए पनी नेपाली राजनितिमा ठुलो फेर बदल भयकै हो दुःखको कुर यत्ति होकी जनताको स्तर फेरिन सकियन जसरी जनताले अपेक्षा गरेका थिए । २००७ सालको परिवर्तन देखि माओबादी पार्टीले चलाएको आमुल परिवर्तन सहितको ११ बर्षिय जनयुद्ध र ६२–६३ को जन आन्दोलनसम्म आउँदा राजनितिक आमुल परिवर्तन सँगै आजको युवा पलाएन देशमा बढ्दै गएको बेतिथी सारा हेर्दा लाग्छ अब मुलूकमा हुनेवाला केही छैन अवसर केहि छैन ।
अलिक पहिले हेर्दा युवा भारत्, बेलायती सेना सिङपुर पुलिसमा भर्त्ती तेस्पछी भारत,खाडी र मलायमा बिल्कुल श्रमकोलागी गए अहिले बिध्यार्थी,अलि पछि व्यवसाय र अन्तमा बिद्वानहरु बिभीन्न मुलूकमा आधुनिक दाशको रुपमा श्रम गर्न जाने अवस्था छ । जुन अहिलेको बिदेश पलाएनको त्यो दैनीक आकडा हेर्ने हो भने हो साँच्चै हतास हुन्छ नै तर यहाँ सबै बिकल्पको अध्याय बन्द भै सकेको छैन ।
देशमा १२ पास पछि जसरी जापन अस्ट्रेलिया लगायत अन्य मुलुकमा अध्यानको नाममा १० लाख देखी ५० लाख हाराहरी रकम बुझायर पलाएन भएका छन् अधिकांश युवाहरु अध्ययन भन्दा धन आर्जन गर्ने योजना बुनेका हुन्छ्न तिनीहरु १–२ बाहेक उच्च शिक्षन अध्ययन पश्चात नेपाल फर्केर सेवा गर्ने वालमा छैन तिनीहरु जाहाँ पुगेका छन् तेही बस्ने त्यहाँका अधुनिक दाशनै हुन मजदुर हैनन किनकी तिनीहरुले आफु जाहाँ श्रम गरी रहेका छन त्यहाँ उनीहरु आफु ठगीयको बिरुद्ध वा श्रमीकको हितमा सङठन र बिद्रोह गर्ने कुनै अधीकार हुन्न।
हो यो मुलुकमा असामन्य क्षमता भएका होनाहार युवा पुस्तालार्इ अबसर र सम्मानित श्रमको बेवस्था छैन यो पनि बिस्तारै होला बाकी सामान्य मजदुरको लागी अथाहा सम्भावना र अबसर छ मुलूकमा । दैनीक १ हजार देखी ३ हजार सम्म कमाउन साधरण सिप भए पुग्छ जस्तो हरेक इट्टा भट्टामा अधिकांश मज्दुर भारतीय ,आधुनीक सोफा देखी फनिचरका फिनीसिङमा भारतीय र बङ्गाली छन, देशकै ठुला–ठुला गर्मेन्टमा काली गड भारतीय बङ्गाली छन तेही काम गर्न नेपाली गोवा हिमालचल गयको छ ।
हरेक गाडी र बाइकका वक सपमा सामान्य देखि मिस्त्रीहरु भारतीय छन्, सामान्य सैलुन पार्लरमा भारतिय नागरिक छन्, यो काम हामीले किन गर्दैनौ ? घरको पलम्बर काममा सबै भारतीय छ्न, घर,अफिस,होटल ,कुनै उद्योगको पुन प्रयोगमा आउने कवाडी नामक सुनको मोहोर उठाउने देखी गोदाम गरेर बेच्ने किन भारतीय नगरिक मात्र छन ? घर–घरमा तरकारी र फलफुल बेची हिन्ने चोकमा बसेर चटपट पानी पुरी बेच्ने भारतीयमात्र छन किन यो काम हामीले गर्न सक्दैनौ गर्न हुदैन ? खाडी भासिएर यस्तै काम र यही लेबलको पैसा कमाउन किन दलाललाई २–३ लाख बुझाउछौ ५० हजार १ लाख खर्च गरेर तालिम लियर काम गर्न सक्छौ सानो लगानीमा पैसा कमाउने सम्भावन र अवसर यहि मुलूकमा छ । क्रमसः….