राजनिति मलाइ पटक्कै मन पर्ने विषय थिएन, राजनीतिमा लाग्छु भनेर कहिल्यै सोचेको पनि थिइन । देशको यो अवस्था देख्ने हामी युवा अब किन राजनीतिबाट टाढा रहने घृणित राजनीतिलाई युवाले नै हो सुधार्ने त्यता ध्यान जान थालेको छ ।
गाउँ, समुदाय, पालिका जिल्ला देखि समग्र देशमा भएको अन्याय, अत्याचार, बेथिति, भ्रष्टाचार, नातावाद र गुटवन्दले सिमा नाघेको छ । जसलाई टुलटल हेटेर बस्न मनले मानेन, जस्को कारण मलाई बेथिति, अनियमिताको अन्त्य र सुशासनका लागि राजनीतिमा होमिन मन लागेको छ ।
सोच्थे म एउटा मास्टर डिग्री गरेको महिला, सानो तिनो जागीर खान्छु र साधारण जिवन चलाउँछु । देशमा भइरहेको विकराल अवस्थाले चिन्ता त लाग्थ्यो तर, बिडम्बना आफूले खाइरहेक जागीर उनीहरुको पार्टीको मान्छेलाई भोट हालेन भनेर करार बन्द गरि आफ्नो पार्टीको भोले बिना योग्यताका मान्छेहरु राख्नु कुन नियम संगत थियो थाहा भएन ? तर म जस्ता हजारौं छन् । मिहेनत गरेर आर्जेको सर्टिफिकेट देखाएर रोजगार नपाउने ? अनि आफूमा क्षमता योग्यता हुँदा हुदैपनि खाडी मुलुकमा भासिनु पर्ने बाध्यता आँखै अगाडी छ ।
जव रास्वपाको जन्म सँगै नेपाल राजनीतिमा रविको उदय भयो तब मनमा आशाको किरणले बिउ रोपियो र मलाई पनि राजनीतिमा रास्वपा प्रति मोह बढ्न थाल्यो । अनुभव भनेको काम गर्दै जाँदा हुने कुरा हो । गाउँ बनाउने समतामुलक सामाज निर्माण गर्ने तपाइ हाम्रै काम हो ।
त्यसैले म महिला दिदि बैनीहरुलाई विशेष आग्रह गर्न चाहन्छु । भाषण धेरै सुनियो र पुराना दलहरुको काम पनि हेरियो । लथालिङ्ग सिस्टम पद्धती, व्यप्त भ्रष्टाचार अत्यका लागि मुलुक विस्तारै रास्वपा मय हुँदै छ । यो स्वर्णिम इतिहास रच्ने राजनीतिक अभियनाको यात्रा हामी जस्ता निडर, साहसी, इमान्दार, अनुशासीत राष्ट्रप्रेमी व्यक्तिहरु रास्वपामा लामवद्ध भई रहेका छन् ।
हिजो चप्पल पड्काएर राजनीति गरेका पुराना दलका मान्छेहरु आम्दानीको स्रोत विनानै शहरमा महल खडा गरि बसेका छन् । उनीहरुको परिवार विदेश नातागोता जागिरे आखिर हामी जनताले न वडामा, न अन्य कार्यालयमा सहज सेवा लिन पाईरहेका छौं । अहिले पनि सरकारी काममा जाँदा प्रत्यक्ष वा अप्रत्यक्ष घुस खुवाई रहेका छौं ।
पुरानाबाट आशा छैन । नयाँ दल रास्वपा प्रति जनताको लहर छाएको छ मुलुक परिवर्तनको बागडोर जनताले रास्वपालाई दिँदै छन् बस ०८४ सम्म पर्खनु पर्ने देखियो । तसर्थ म रास्वपा भए ।