गजुरीमा बिहान माओवादीमा प्रवेस गरेका सिताराम दिउँसो एमाले मै फर्किए

Avatar photo
Dhadingpost
बुधबार, साउन ३, २०८०

धादिङ । बुधबार विहान बागमति प्रदेशका मुख्य मन्त्री एवम् माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जम्कट्टेलको हातबाट टिका खादा लगाई माओवादीमा प्रवेस गरेका नेकपा एमाले गजुरीका सदस्य एवम् राष्ट्रिय युवा संघ नेपाल गजुरीका अध्यक्ष सिताराम सुवेदीले दिउँसो एक विज्ञप्ती जारी गर्दै एमाले मै रहेको जनाएका छन् ।

उनले विज्ञप्तीमा भनेका छन्, एमालेका केहि नेताका व्यवहारका कारण बितृष्णा पैदा भएका कारण आवेग र उत्तेजनामा आई विहान माओवादी केन्द्रमा प्रवेस गरेको र यो निर्णय गलत महसुस गरि एमाले मै रहेको घोषणा गर्दछु ।

बुधबार बिहान एक कार्यक्रमका बीच सुबेदी लगायत एमालेका गणेश तामाङ रोशन गुरुङ, नेकपा एमाले ६ नं वडा सदस्य उम्मेद्बार राजकुमार चेपाङ नेकपा एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेस गरेका थिए ।