कविता : बा-आमा

Avatar photo
Dhadingpost
सोमवार, साउन १, २०८०

पलेँटीनै कस छोरा
पर्म तिरी ल्याछु
पटुकीमै जम्मा गरि
खर्च पानी भ्याछु

आफ्नो रगत बगे यहाँ
तिर्खा मेट्छन् अरु
पर्खाल बनि बाआमाले
ज्यानै दिन्छन् बरु

काँध हालि उचाइ दिने
बाआमाको रहर
ईन्द्रेणीकै रङ भरि
मुहार फेर्ने कलर

पिर पोख्न भिर पाखा
कति डुल्यौ होला
भोको पेटमा शिकार गर्न
खाडी पुग्यौ होला

अँध्यारो पाटो
अन्धकार भए
खनिन्छ खेतबारी
सन्तानको बाटो
देखाउन बाले
पन्छाए बनघारी

पाईला टेकि पर जान्छु
वारि आमा देख्छु
बा कै रहर पूरा गरि
तिम्रै शरण पर्छु

कुमार भन्दा
छिटो गणेश
किन चार्नु परदेश
बाआमाको
पाउमा परि
बुझे सबै सन्देश
बाआमाको
पाउमा परि
बुझे सबै सन्देश

-अमृत अधिकारी
(बैरेनी-९, धादिङ)