एनआरएनए अष्ट्रियाको उपाध्यक्षमा धादिङकी सन्तोषीको उम्मेदवारी

Avatar photo
गोविन्द बुढाथोकी
बुधबार, असार २७, २०८०

अष्ट्रिया । एनआरएनए अष्ट्रियाको यहि जुलाई २२ मा २०२३–२०२५ को कार्यकालका लागि हुने निर्वाचनमा धादिङकी सन्तोषी भण्डारीले महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी छिन् ।

धादिङबेसी मिलनटोल निवासी सन्तोषी भण्डारी विगत ६ वर्ष देखि अष्ट्रियामा बसोबासमा रहकी सन्तोषी विभिन्न सामाजिक संस्थाहरु मार्फत समाज सेवामा समर्पित महिला हुन् ।

दुई कार्यकाल अध्यक्ष बनेर अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) (International Nepalese Artist Society ) अष्ट्रियाबाट विदाईको संघारमा उनीले एनआरएनए अष्ट्रियाको महिला उपाध्यक्ष उम्मेदवारी दिएकी हुन् ।

अब एनआरएनए मार्फत समाजिक काममा जोडिन चाहेकोले आफुले उम्मेदवारी दिएको धादिङपोष्टलाई सन्तोषीले बताईन् ।