म “म” बन्न चाहन्छु

Avatar photo
Dhadingpost
सोमवार, असार २५, २०८०

कविता- म “म” बन्न चाहन्छु

रातको अन्धकारमा एक्लै टोलाउँछु,
तिम्रो एकोहोरो यादले मनमा बाढी आउँछ,
अनि मुटु टुक्रा टुक्रा हुन्छ फेरी ढुङ्गा बन्छ ।
तिमी कुनै बेला मेरो संसार थियौ, मेरो सबथोक, मेरो साथी थियौ
तर अब मसँग मात्र कहिल्यै निको नहुने दागहरू बाँकी छन् ।
हामीले बाँड्ने गरेको हाँसो अब म सम्झन चाहन्न,
म तिमीलाई फेरि कहिल्यै सम्झन चाहन्न
मैले बगाएको आँसु र थामी नसक्नु माया पनि,
शुभबिहानी र शुभरात्रीका संदेश कहिल्यै कुर्ने छैन ।
म पर्खाल बनाउछु, मेरो कमजोर मनको रक्षा गर्नेछु
अब तिम्रो यादले म आफैलाई टुक्राउन दिने छैन
भित्तामा टाँसिएका तिम्रा ती तस्वीरहरुले
असफल भएको हाम्रो प्रेमको कथा
छताछुल्ल पारिरहँदा
बिर्सिन्छु आफैलाई
एउटा प्रेमकथाको दुखद अवसान भएको
टुलुटुलु हेरिरहनु सिवा केहि गर्न सक्दिन
तर म को हुँ भनेर विगतलाई परिभाषित गर्न दिन्न
म हाम्रो प्रेमको चिताको खरानी माथि उभिएर भन्नेछु-
तिमीलाई फेरी कहिल्यै सम्झन चाहन्न ।
म हामीले गरेका वाचाहरू सम्झन चाहन्न
हामीले देखेका सपनाहरू अब चकनाचुर भएका छन्
तर आँसुको माध्यमबाट
यो घाऊ निको पार्ने बाटो मैले फेला पारिसकेको छु ।
खतहरु रहिरहे पनि म तिनीहरूलाई फेरी बल्झिन दिने छैन
म यो पीडाको सामना गर्नेछु
म यो अध्याय बन्द गर्नेछु, मेरो हृदयलाई पिडा मुक्त पार्नेछु
अब,
म तिमीलाई फेरी कहिल्यै सम्झन चाहन्न,
यो केवल ‘म’ बन्ने समय हो।
म ‘म’ बन्न चाहन्छु ।

बुद्धिमान वाइबा
सिद्धलेक-१, धादिङ
हाल-कोलोराडो, संयुक्त राज्य अमेरिका