सल्यानटारमा किसानलाई कृषि उपकरण प्रदान

Avatar photo
सन्जु श्रेष्ठ
शनिबार, असार १६, २०८०

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको ५०% अनुदानमा साना किसान कृषि सहकारी सस्था लि सल्यानटारले किसानहरुलाइ कृषि यन्त्र उपकरणहरु प्रदान गरेको छ ।

साना किसान कृषि सहकारी सस्था सल्यानटार बीउ बिजन प्रयोग शाला हेटौंडाको ५०% अनुदानमा खरिद गरि ल्याएको सिड ग्रेडर र सिड टिटृरको प्रदान गर्दै अध्यक्ष फणिकान्त छत्कुलीले प्रदान गरिएको उपकरणले मास भटमास मकै लगायत अन्य अन्न बालिको ग्रेडिङ गरि बजारको पहुँच वृद्धिमा सहयोग पुग्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजु उप्रेतीले किसानलाई आगामी दिनमा उत्पादनको आधारमा अनुदान दिने र कृषि कार्यक्रम सहकारी साझेदारीमा सन्चालन गर्ने बताएका थिए । यस्तै कार्यक्रमका विशेष अतिथि उपाध्यक्ष देवराज धरेलले साना किसानले किसानको हितमा धेरै उत्कृष्ट काम गरेको बताएका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष भिमप्रसाद भट्टले कृषि यन्त्र उपकरणको प्रयोगबाट प्रबिधि युक्त खेती गर्न प्रोत्साहन र किसानहरुको आम्दानी वृद्धिमा सहयोग हुने बताउनु बताएका थिए ।