प्रेस युनियन धादिङको अध्यक्षमा सन्ताेषराज श्रेष्ठ चयन

Avatar photo
सन्जु श्रेष्ठ
बिहिबार, जेष्ठ २५, २०८०

धादिङ । नेपाल प्रेस युनियन धादिङको नवौं अधिवेशनबाट सन्ताेषराज श्रेष्ठ अध्यक्षमा चयन भएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेल प्रमुख आतिथ्यता त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा सम्पन्न भएको नवौं अधिवेशनले सन्ताेषराज श्रेष्ठकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सातौं र आठौं दुई कार्यकाल अध्यक्ष बनेका पोषनाथ अधिकारीको सभापतित्वमा भएको उक्त अधिवेशनले उपाध्यक्ष खुल्लामा सन्ताेष अधिकारी, उपाध्यक्ष समावेसीमा बिनु सिंखडा, सचिवमा मनिश श्रेष्ठ, सहसचिवमा सुशिला विश्वकर्मा, काेषाध्यक्षमा सितल सापकाेटालाई चयन गरेकाे छ । यस्तै सदस्य सन्जु श्रेष्ठ, दिलिप श्रेष्ठ, अनिश तामाङ, पुरुषाेत्तम ढुङ्गाना, अनिल अाचार्य चयन भएका छन् ।
चयन गरेको हो ।

अधिवेशन कै अवसरमा प्रेस युनियनले रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ३४ पुरुष ८ महिला गरि ४२ जनाले रक्तदान गरेका थिए ।