हेटौंडा । प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार बागमती प्रदेशमा बागमती प्रदेशमा चालु आर्थिक वर्ष चालु आव २०७९र०८० मा अपराध सम्बन्धी ४ हजार ५४ मुद्धा दर्ता भएको छ ।
चालु आवमा कर्तव्य ज्यान मुद्दामा ३६, ज्यान मार्ने उद्योगमा ६३ मुद्दा, सवारी ज्यान मुद्दामा २०८, लागूऔषध मुद्दा ३२२, जवरजस्ती करणी मुद्दामा ५९ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, आत्महत्या दुरुत्साहन मुद्दामा ७९४, ठगी मुद्दामा ५७, चोरी मुद्दामा २५९, जुवासम्बन्धी मद्दामा ३३, बहुविवाह मद्दामा ६५ र अन्य शिर्षकमा १ हजार ९३४ मुद्दा दर्ता भएको तथ्याङरकमा उल्लेख छ ।
तथ्याङ्क अनुसार, गत वर्ष चालु आवको तुलनामा यस वर्ष अपराधका मुद्दा दर्ता ३।१ प्रतिशतले बढेको देखिएको छ । गत चालु आवमा ३ हजार ९३४ वटा मुद्दा दर्ता भएको थियो ।