माओवादी पुर्वलडाकुलाई २ लाख दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ २, २०८०

काठमाडौं । सर्वोच्च अदालतले अयोग्य लडाकुलाई जनही दुई लाख रुपैयाँ दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आज सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले लडाकुलाई पैसा दिने निर्णय लागु नगर्न आदेश दिएको हो ।

सरकारको निर्णयविरुद्ध ज्ञानेन्द्रराज आरणले रिट हालेका थिए । उक्त रिटको प्रारम्भिक सुनवाइ आज भएकोमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेश दिने विषयमा छलफलका लागि सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।