धादिङका मिलन घले सहित बागमतीको भलिबल टिम यस्तो बन्यो

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ९, २०८०

धादिङ । धादिङका भलिबल खेलाडी मिलन घले बागमती प्रदेशको टिममा परेका छन् । बागमती प्रदेशको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिताको लागि छनोटमा परेका धादिङका भलिबल खेलाडी घलेलाई आईतबार देखि हुने बन्द प्रशिक्षणमा प्रदेशले बलाएको छ ।

बागमती प्रदेशको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङको भलिबल टिम फाईनलमा चितवन सँग पराजित हुनु पुग्दा धादिङबाट मिलन मात्रै छनोटमा परेका हुन् । बागमती प्रदेशको भलिबल टिममा चितवनबाट रञ्जित गिरी प्रितम थापामगर, विमल लम्साल क्षेत्री, काठमाडौंबाट विशाल घलानी, भक्तपुरबाट दिपक गरुजामगर, नुवाकोटबाट सोमसिंह तामाङ, धादिङबाट मिलन घले, मकवानपुरबाट सविन छुमी, ललितपुरबाट बुद्धि प्रसाद पुन परेका छन् भने बैकल्पित तर्फ काठमाडौंका स१िजत अडाई, मकवानपुरका सुजन गुरुङ र रामेछापका दावा तामाङ परेका छन् ।

धादिङबाट अन्य खेलकुद विधा तर्फ हाईजम्पमा अनु भुसाल, कबड्डीबाट विशाल सापकोटा, अनु तामाङ, समिक्षा प्रजा र सविना स्याङ्तान बागमती प्रदेश टिममा पर्न सफल भएका छन् । उनीहरु सबैलाई बन्द प्रशिक्षणका लागि बोलाईएको छ ।

केन्द्रस्तरीय १३ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आगामी बैशाख १६ गते देखि १८ गते सम्म ५२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६, भलिबल र कबड्डीमा २, कराते र तेक्वान्दोमा ८ तथा उसुमा ६ स्वर्णका लागि भिडन्त हुनेछ । व्यक्तिगत, समूहगत, शीर्ष तीन स्थान हात पार्ने टिम र राष्ट्रिय कीर्तिमान गरी प्रतियोगिताको कुल पुरस्कार राशी ९ लाख ८५ हजार रुपैयाँ रहेको छ ।