धादिङ । धादिङमा पनि कोरोना संक्रमितहरु भेटिन थालेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा धुनिवेशीमा १ र ज्वालामुखीमा २ पोजिटिभ केश देखिएको छ ।यो सँग्गै धादिङमा सकिृय केश ७ पुगेको बताईएको छ ।
मंगलबार देशभर ९८० नमुनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १०५ जनामा संक्रमण देखिएको हो । त्यस्तै, १ हजार ३१२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६६ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
समग्रमा देशभर २ हजार २९२ नमुनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । ३९७ जना सक्रिय संक्रमित छन् भने ८५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।