काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपको पहिलो खेल आज (मंगबार) नेपाल र मलेसिया बीच टियु मैदान कीर्तिपुरमा बिहान ९ः३० बजेबाट हुनेछ ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपका लागि सहभागि १० टिमलाई दुई समुह बनाएर खेलाईने छ । समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् भने समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । आज समुह १ बाट आयोजक नेपाल र मलेसिया बीच हुने भएको हो । नेपाल र मलेसियाबीचको पछिल्लो पाँच भेटमा नेपाल अपराजित रहेको छ ।
प्रतियोगिता सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछन् । एसिया कपमा समूह ए मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता टोली हुनेछन् ।
नेपालको टोली –
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।
लेसिया टोली :
अहमद फैज (कप्ताद), विरनदीप सिंह, सैद अजिज, शर्विन मुनाआन्दडी, अमिर अजिम, फ्रिती साम, खिजर हायत, रिजवान, विजय उन्नी, अनवार रहमान, नाजरिल रहमान, मोहम्मद आजम, वाफिक इफरान र मोहम्मद स्याहदत
नेपाल र मलेसियाबीचको पछिल्लो भेट २०१८ को एसीया कप छनोट प्रतियोगितामा भएको थियो । मलेसियामा नै आयोजना भएको सो प्रतियोगितामा नेपाल १९ रनले विजयी भएको थियो ।
मलेसियामा नै आयोजना भएको विश्वकप क्रिकेट लिग डिभिजन थ्रीमा समेत नेपाल विजयी भएको थियो । २०१४ को अक्टोबर महिनामा आयोजना भएको खेलमा नेपालले डीएल मेथडमा ३६ रनको जित हात पारेको थियो ।
एसीसी प्रिमियर लिगमा २०१४ नेपाल र मलेसियाबीच खेल भएको थियो । मलेसियामा नै भएको सो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । २०१२ को एसीसी ट्रफि एलिटको सेमिफाईनलमा नेपाल र मलेसियाबीच खेल भएको थियो । यस खेलमा नेपाल २१ रनले विजयी भएको थियो ।
नेपाल र मलेसियाबीचको खेल २०१२ को डिभिजन चारका क्रममा उसकै घरेलु मैदानमा भएको थियो । मलेसियालाई यस खेलमा नेपालले १० विकेटले जितेको थियो । उक्त खेलमा नेपालका शक्ति गौचनले १० ओभरमा २ रन खर्चिएर ३ विकेटको कीर्तिमानी बलिङ गरेका थिए ।