धादिङको दुबै कबड्डी टिम सेमिफाईनल प्रवेश

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ४, २०८०

धादिङ । काठमाडौंमा जारी बागमती प्रदेशको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङको छात्र र छात्रा कबड्डी टिम सेमिफाईनल प्रवेश गरेका छन् ।

आज भएको ब्वाटर फाईनलमा धादिङ छात्र कबड्डी टिमले चितवनलाई २५ का विरुद्ध ४६ अंक प्रप्ता ल्याउँदै सेमिफाईनल यात्रा तय गरेको हो भने धादिङकै छात्रा कबड्डी टिमले सिन्धुपाल्चोकलाई २६ अंकाका विरुद्ध ४१ अंक ल्याउँदै सेमिफाईनल पुगेका हुन् । सेमिफाईनल र फाईनलका खेल भोली हुने धादिङ कबड्डी टिमका कोच रत्नेश यादवले धादिङपोष्टलाई बताए ।

प्रदेश खेलिरहेका धादिङको छात्र कबड्डी टिम
१. बिशाल सापकोटा, २. दिलिप तामाङ, ३. अभिषेक घर्ती मगर, ४. सुदिप अधिकारी, ५. रञ्जित श्रेष्ठ, ६. प्रमोदकुमार श्रेष्ठ, ७. विपिन राना मगर, ८. अर्जुन तामाङ, ९. शिशिर खतिवडा
धादिङका लागि प्रदेश छनोट खेलिरहेका छात्रा खेलाडीहरु
१. विपिना लामा, २. समिक्षा प्रजा, ३. सविना स्याङ्तान, ४. धना राहडी मगर, ५. इन्दिरा श्रेष्ठ, ६. नम्रता श्रेष्ठ, ७. संगिता भुजेल, ८. बिन कुमारी भुजेल, ९. अनु तामाङ