धादिङद्वारा छात्रा कबड्डीमा नुवाकोट पराजित

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ३, २०८०

धादिङ । काठमाडौंमा जारी बागमती प्रदेशको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङको छात्र कबड्डी टिमले आफ्नो पहिलो खेलमा दोलखालाई पराजित गरेको छ भने छात्रा कबड्डीमा पनि धादिङले नुवाकोटलाई पराजित गरेको छ । टिम कोच रत्नेश यादवका अनुसार धादिङले ५८ अंक ल्याउँदा नुवाकोट १७ अंकमा रोकिएको थियो ।

धादिङका लागि प्रदेश छनोट खेलिरहेका छात्रा खेलाडीहरु
१. विपिना लामा, २. समिक्षा प्रजा, ३. सविना स्याङ्तान, ४. धना राहडी मगर, ५. इन्दिरा श्रेष्ठ, ६. नम्रता श्रेष्ठ, ७. संगिता भुजेल, ८. बिन कुमारी भुजेल, ९. अनु तामाङ

आजै भएको हाईजम्पमा धादिङका लागि अनु भुसालले हाईजम्पमा गोल्ड मेडल जित्दै राष्ट्रिय प्रतियोगिताको लागि स्थान सुरक्षित गरिकसेकि छिन् । भलिबल तर्फ भने धादिङको छात्र र छात्रा दुबै टिमले बाई पर्दै दोस्रो चरण प्रवेस गरेका छन् ।