भाइको फोटो देखाएर दाइसँग विवाह । यस्ता दृश्य काल्पनिक सिरियलमा देखिन्छ । तर, धनुषाको धनुषाधाम नगरपालिका–४ मा यस्तै घटना घटेको छ । सुन्दा आङै जिरिङ हुन्छ । लमीको सहयोगमा भाइको फोटो देखाएर १७ वर्षीया किशोरीको दाइसँग विवाह गरिदिए । जब किशोरीले विवाहमा धोका भएको थाहा पाइन् । उनको जीवनमा अर्को बज्रपात आइलाग्यो । आफ्नै सासु र नन्दले वंशका लागि भन्दै श्रीमान्का भाइ (देवर)सँग यौन सम्पर्क गर्न दबाब दिए ।
गएको असारमा गौशाला–५ का लालेन्द्र साहसँग किशोरीको विवाह भयो । विवाहको कुरा हुँदा लमीले विवाह गर्ने पुरुष भन्दै शैलेन्द्र साहको फोटो देखाएका थिए । किशोरीले बुहारी भएर घर भित्रिएपछि थाहा पाइन् । फोटोमा देखिएको व्यक्ति त देवर परेछन् । ‘भाग्यको लेखा भन्दै किशोरीले चित्त बुझाउने प्रयास गर्दै थिइन् । यातनाको अर्को शृंखला सुरु भयो । ‘देवरसँग यौन सम्पर्क गर्नुपर्ने । ‘जे भयोभयो भनेर चित्त बुझाउँदै थिएँ नन्द तुलसीकुमारीले देवरसँग सुत भन्न थाल्नु भो ।’ किशोरीले रुँदै भनिन् ‘म मानिनँ नन्द र सासुले मुखमा कपडा कोचेर राति राति कुट्न थाले ।’
घर परिवारको दबाब भन्दै देवर शैलेन्द्रले पनि आमा समानकी भाउजूको अगाडि राक्षसी रूप देखाए । ‘धेरैपटक देवरले मलाई करणी गरे,’ किशोरीले भनिन् ।
शैलेन्द्रले किशोरीमाथि जर्बजस्ती करणी जारी राखेपछि स्थानीय बुद्धिजीवी र प्रहरीको रोहबरमा इलाका प्रहरी कार्याल गौशालामा छलफलमा बसे । छलफलले किशोरीलाई शैलेन्द्रसँग विवाह गराउने निर्णय ग¥यो । ‘यस विषयमा धेरैपटक छलफल भएपछि अन्तिममा देवर शैलेन्द्रसँग विवाह किशोरीको विवाह गराउनेमा समाज राजी भयो,’ प्रहरी निरीक्षक मनोजकुमार यादवले भने ।
घरको आर्थिक अवस्था कमजोर रहेको तर हुनेवाला ज्वाइँको खान्दान धनी भएकाले १ लाख रुपैयाँ ऋण खोजेर छोरीको विवाह गरेको पीडित किशोरीकी बाबु सुरदेव पुर्वेले बताए । विवाह अगाडि सम्धी रामचन्द्र साहले कान्छा छोरा शैलेन्द्रको फोटो देखाएकाले आपूm छोरीको विवाह गर्ने राजी भएको भन्दै पूर्वे भन्छन्, ‘छोरीको विवाहमा म कामका लागि पञ्जाब गएको थिएँ घर आएपछि थाहा पाएँ छोरीमाथि यत्रो धोका भएको रहेछ ।’
लालेन्द्रको यसअघि नै तीन जनासँग विवाह भएर पनि सम्बन्धविच्छेद भइसकेको छ । अहिले प्रहरीले शैलेन्द्रका बुबा रामचन्द्र साहलाई आइन्दा बुहारीलाई कुटपिट नगर्ने, नागरिकता बनाइदिने र विवाह दर्ता गराइदिने सर्तमा कागज गराएर छाडेको छ ।
प्रहरीमा सहमति गरेर आएपछि पनि नन्द तुलसी कुमारीले प्रहरीमा गएर घरको इज्जत फालेको भन्दै कुटपिट गरेको किशोरीले सञ्चारकर्मीलाई बताइन् । कुटपिटबाट युवतीको हात, खुट्टा, टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । राजधानी दैनिकबाट