धादिङ । धादिङको बेनीघाट रोराङ ३ मलेखुमा शुक्रबार देखि जारी यू-१६ फुटबल 7A साईड फुटबल प्रतियोगिताको उपाधी भद्रकाली युवा क्लवले जितेको छ । फाईनलमा गण्डकी युवा क्लवलाई शुन्यमा रोक्दै भद्रकालीले १ गोलका साथ उपाधी आफ्नो पक्षमा पार्न सफल भएको हो ।
भद्रकाली बाल क्लवले आयोजना गरेको यस प्रतियोगितामा गोरखाको गण्डकी गाउँपालिका, धादिङका विभिन्न पालिकाबाट ९ टिमले सहभागिता जनाएका थिए । आयोजकले विजेता टिमलाई २० हजार र उपविजेतालाई १० हजार प्रदान गरेको थियो ।
धादिङ जिल्ला फुटबल संघ धादिङका महासचिव रामहरी थापाकाले धादिङपोष्ट सँग कुरा गर्दै भने यस्ता प्रतियोगिता नियमित हुन जरुरी छ । भद्रकाली बाल क्लवले उत्कृष्ट कार्यगरेको बताए । एन्फा धादिङले अब छिट्टै प्रदेशका लागि ग्रासरुटका खेलाडी छान्ने हुँदा यस्ता प्रतियोगिताले खेलाडीहरुले उत्पादनमा मत्वपूर्ण योगदान गर्ने महासचिव थापा बताउँछन् ।