माओवादी निकट महिलाको धादिङमा आज पाँच पालिकामा भेला सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २, २०८०

धादिङ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले आज धादिङको पाँच वटा पालिकामा पालिका स्तरीय भेला सम्पन्न गरेको छ ।

आज धादिङ क्षेत्र नम्बर १ को (क) प्रदेशका ३ पालिका गजुरी, बेनीघाट रोराङ र सिद्धलेकको भेला गर्ने पूर्व निर्धारित कार्यक्रम भएपनि गजुरी र बेनीघाट रोराङको मात्रै भेला भएको बताईएको छ । यस्तै पूर्व निर्धारित कार्यक्रम अनुसार आज धादिङ क्षेत्र नम्बर २ को (ख) प्रदेशका ३ पालिकाहरु नीलकण्ठ, नेत्रावती डवजोङ र ज्वालामुखिमा पालिका स्तरीय भेला सम्पन्न भएको छ ।

माओवादी केन्द्रको केन्द्रिय सदस्य अप्सरा सिंखडा (दिपा) को प्रमुख आतिथ्यता, सम्पन्न भएको नीलकण्ठको भेलाले सरिता तामाङ अध्यक्ष रहेको २७ सदस्यीय, माओवादी केन्द्र धादिङका सचिव दिपक लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न गजुरीको भेलाले चेलीमायाँ तामाङ अध्यक्ष रहेको २१ सदस्यी, माओवादी केन्द्र धादिङका नेता कृष्ण बहादुर थपलिया (विवेक) को प्रमुख आतिथ्यतामा भएको बेनीघाट रोराङको भेलाले संगीता पान्डे बिसुरालको अध्यक्षतामा ४१ सदस्यीय, पार्टी नेतृ उर्मिला तामाङको प्रमुख आतिथ्यतामा भएको नेत्रावती डवजोङको भेलाले जुना पन्त अध्यक्ष रहेको २९ सदस्यीय, सहिद परिवार सदस्य लक्ष्मी थापामगरको प्रमुख आतिथ्यतामा भएको ज्वालामुखीको भेलाले अनिता श्रेष्ठ अध्यक्ष रहेको २५ सदस्यीय पालिका स्तरीय कमिटी गठन गरेको छ ।

माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी (शैलेस) का अनुसार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) धादिङले बैशाख ३ गते सबै पालिकामा पालिका भेला सक्ने लक्ष्य लिएको छ । तर केहि पालिकामा वडा कमिटी भेला हुनै बाँकी रहेको देखिन्छ । ति पालिका बाहेकका अन्य सबैको भेला भोली आईतबार सकिने छ ।