एकीकृत समाजवादी धुनीवेसी अध्यक्ष रेग्मी एमालेमा प्रवेश

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २, २०८०

धादिङ । नेकपा (एकीकृत समाजवादी) धुनीबेसीका नगर अध्यक्ष गोकुल रेग्मी नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

रेग्मी सँगै माओवादी केन्द्रका विनोद तामाङ पनि एमालेमा प्रवेश गरेको एमाले धादिङले जनाएको छ ।

उनीहरु दुबैलाई एमाले केन्द्रीय सदस्य बाबुराम थापा र जिल्ला अध्यक्ष भुमि त्रिपाठीले अविर र खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।