अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग नौ हजार घुस लिएका सिराहास्थित इलाका प्रहरी कार्यालय मिर्चैयाका असइ सचिनकुमार भदैसवारलाई रंगेहात पक्राउ गरेको छ ।
जबर्जस्ती करणीसम्बन्धी जाहेरी दर्ता गरिदिएबापत नौ हजार घुस लिने असइ रंगेहात पक्राउ परेका हुन् । नियन्त्रणमा लिएर उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।