धादिङ अस्पतालमा नि. मेसु परिवर्तन भण्डारी आए, दाहाल काभ्रे सरुवा

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र ३०, २०७९

धादिङ । प्रादेशिक धादिङ अस्पतालमा नि. मेडिकल सुपरिटेन्डेन्टका रुपमा डा. रुद्रमणि भण्डारी आएका छन् भने, धादिङ अस्पतालमा कार्यरत नि. मेडिकल सुपरिटेन्डेन्ट रहेका मधुकर दाहाल काभ्रेको मिथुनकोट अस्पताल सरुवा भएका छन् । धादिङमा आफ्नो एक वर्षे कार्यकालमा उलेख्य काम गर्न सफल बनेका दाहाल भन्दा सिनियर आठौं तहका भण्डारी धादिङ अस्पतालको नि. मे.सु. बनेर आए सँगै दाहाल काभ्रे सरुवा भएका हुन् ।

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको अनुगमनमा गुणस्तर सुधारका लागि न्युनतम सेवा मापदण्डको अवस्थालाई प्रदेश कै दोस्रो नम्बरमा धादिङ जिल्ला अस्पताललाई राख्न सफल नि. मे.सु. दाहालको काम गर्ने शैलीलाई पकड्दै थप व्यवस्थित र १०० बेडमा लाने चुनौतीलाई आत्मसाथ गर्नुपर्ने अवस्थामा नयाँ नि. मे.सु. भण्डारी आएका हुन् । धादिङमा एक वर्ष अघि दशौं तहका डा. त्रिभुवन झा सरुवा भए सँगै धादिङ अस्पतालले मेडिकल सुपरिटेन्डेन्ट पाउन सकेको छैन ।

को हुन् डा. रुद्रमणि भण्डारी ?
२०४९ सालमा गुल्मीमा जन्मिएका डा. रुद्रमणि भण्डारीले मालिका उच्च मावि गुल्मीबाट एसएलसी, जनता उच्चमावि पाल्पाबाट १२ पास गरेका हुन् भने नेपालगञ्ज मेडिकल बाँकेबाट एमबीबीएस पास गरेका हुन् । एमबीबीएस पछि २ वर्ष लुम्बीनी प्रादेशिक अस्पताल रुपन्देहीमा कामगरेका उनी आठौं तहका कर्मचारी रुपमा धादिङ अस्पतालमा आएका हुन् ।