धादिङमा रगतको चरम अभाव

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र २८, २०७९

धादिङ । धादिङमा रक्तदान कार्यक्रमको अभियान चलाउँदै आएका नेपाल रेडक्रस सोसाईटी धादिङका कोषाध्यक्ष समेत रहेका नारायण कुमार श्रेष्ठले धादिङमा रगतको चरम अभाव भएको बताएका छन् ।

महिनामा ७ भन्दा बढी रक्तदान कार्यक्रम हुँदै आएको थियो जिल्लामा बढी भएको रगत काठमाडौं लगायतका जिल्लाहरुमा समेत पठाउने गर्दथ्यौं, तर पछिल्ला २ महिना देखि जिल्लामा आशा गरिए अनुरुप रक्तदान कार्यक्रमहरु नहुँदा धादिङमा रगतको चरम अभाव भएको उनले धादिङपोष्टलाई बताए ।

जिल्ला अस्पतालमा रहेको विरामीलाई अत्यवश्यक अवस्थामा ब्लड चाहिँदा स्वयमसेवी रक्तदाताहरुलाई प्रशनल बोलाई रगत माग्ने गरिएको छ । रगत अभाव कै कारण विरामीलाई डिस्चार्ज गर्नुपर्ने अवस्था समेत रहेकोले जिल्लाका सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको श्रेष्ठ बताउँछन् ।

पालिका, हरेक संघ संस्थाहरुले आफ्नो क्यालेण्डर मै रक्तदान कार्यक्रमको तालिका बनाएर रक्तदानको कार्यक्रम नगर्ने हो भने धादिङमा देखिएको रगतको अभाव समाधान गर्न नसक्ने उनको दावी छ ।