काठमाडौं । न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत थिए । वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पत्नी आरती गिरी रावलले उनीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । गिरीलाई अनुसन्धान र कारकाहीका लागि कपिलवस्तुमा पठाइने भएको छ ।