धुनीबेसीको कालिदेवी मन्दिर प्रवर्धनमा प्रतिवद्ध छौं -प्रवक्ता आचार्य

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २६, २०७९

धादिङ । धुनिबेशी नगरपालिका ६ कालिदेवि स्थान स्थित कालिदेवी माई मन्दिरको प्रचार प्रसार एवम् प्रवर्धनका लागि नगरपालिका प्रतिवद्ध रहेको प्रवक्ता एवम् वडा अध्यक्ष रमेश आचार्यले बताए । नौविसेबाट ३ किलोमिटर मात्रै टाढा रहेको सयौं वर्ष पुरानो इतिहास बोकेको काठमाडौबाट नजिकको दुरीमा पर्ने ऐतिहासिक मन्दिर भएको वडा अध्यक्ष आचार्यले बताए ।

वर्षौ पहिला देखि चैत्र शूक्ल पुर्णिमाको दिन लाग्ने मेला लाग्ने यस मन्दिरमा पाठी र कुखुराको भाले मात्रै बलि दिईने परम्परा आएको आएको छ । यस मन्दिरको प्रवर्धन र आएका आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लक्ष्यित गरि स्थानीयहरुलाई होम स्टेको तालिम दिई होम स्टे संचालन प्रक्रिया अगाडी बढी सकेको छ भने मन्दिर आसपासको बस्तीहरुलाई सुन्तला पकेट क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले विशेष योजना बनाएको समेत उनले बताए ।

यस वर्षको चैत्र शूक्ल पुर्णिमाको दिन लागेको मेलामा नगरपालिकाले भक्तजनहरु दहि खुवाउने कार्यक्रम वडाले व्यवस्था गरेको थियो । धार्मिक सम्पदाको संरक्षण, आन्तरिक पर्यटनको प्रर्वद्धन भन्ने मुल अभियानका साथ आयोजना गरिएको मेला आयोजक धुनिबेशी नगरपालिका ६ को वडा कार्यालय तथा कालिदेवीस्थान मेला व्यबस्थापन समिती रहेको थियो । मेलामा सहभागी हुन धुनिवेशी, थाक्रे, काठमाण्डौं, चितवन, मकवानपुर लगायतबाट भक्तजनहरु को सहभागिता रहेको वडा अध्यक्ष आचार्यले बताए ।

मेलामा सहभागी हुन केन्द्रिय लोक सेवा आयोगका अध्यक्ष माधब प्रसाद रेग्मी, पुरातत्वविभागका अधिकृत सरिता सुबेदी, धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती, प्रमुख प्रशासकिय अधिकृत अच्युतराज रेग्मी, विभिन्न वडाका वडा अध्यक्ष लगायत जनप्रतिनीधिहरुको सहभागीता रहेको थियो ।