धादिङ । धादिङको बेनीघाट रोराङ स्थित जोगिमारबाट प्रहरीले भन्सार छलेर ल्याएको सामाग्री सहित ना ३ ख १६२८ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ । ट्रक सँगै चालक धादिङ सिद्धलेक गाउँपालिका निवासी दुर्गाकुमार विसुन्केलाई पनि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रक भित्र भारतबाट ल्याईएका भन्सार छलिका मोटर पार्टस, मोवि, पापड लगायतका भन्सार छलिका २५ लाख बराबरको सामाग्री रहेको पाईएको छ ।