काठमाडौं । कोरोना संक्रमण पछिल्ला दिनमा फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयको विवरण अनुसार पीसीआरबाट ४९ र एन्टिजेन परीक्षणबाट २७ जनामा कोरोना पुष्टि भएको छ । २४ घण्टामा ३४५ पीसीआर र ८०६ एन्टिजेन गरी ११५१ परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । १६ जना कोरोनामुक्त भएका छन् ।
सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ । केही महिनादेखि कोरोना संक्रमण न्यून रहेकोमा पछिल्लो साता संक्रमण वृद्धि हुन थालेको छ । शुक्रबार १४२ नयाँ संक्रमित फेला परेका थिए।