खेलकुद महासंघ धादिङको इन्चार्जमा सगुन थापा चयन

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र ७, २०७९

धादिङ । नेकपा एमाले नीकट नेपाल खेलकुद महासंघ धादिङको इन्चार्जमा सगन थापा मगर चयन भएका छन् । महासंघका केन्द्रिय सदस्य समेत रहेका त्रिपुरासुन्दरी गाउँपालिका मूलपानी निवासी सगुनलाई केन्द्रिय समितिको बैठकले पुनः धादिङको इन्चार्जको जिम्मेवारी दिएको हो ।

औपचारिक रूपमा उनले राष्ट्रिय युवा संघको मूलपानी वडा कमिटी अध्यक्षबाट राजनीतिमा पाइला चालेका हुन् । उनी राष्ट्रिय युवा संघ धादिङ्ग जिल्ला कमिटीमा रहेर पनि काम गरेका थिए । यसैगरी नेपाल मार्शल आर्ट्स हाप्कीडो संघ बागमती प्रदेश कमिटी सदस्य समेत रहेका थिए ।