बुद्धिमान तामाङ राप्रपा संसदीय दलको उपनेतामा चयन

Avatar photo
Dhadingpost
शनिबार, चैत्र ४, २०७९

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको उपनेतामा उपाध्यक्ष धादिङका बुद्धिमान तामाङ चयन भएका छन् । शनिबार सम्पन्न पार्टी संसदीय दलको बैठकले उनलाईलाई संसदीय दलको उपनेता चयन गरेको हो ।

राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन नै रहेका छन् । प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् । तामाङ समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएका थिए ।