धादिङ अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २१, २०७९

धादिङ । धादिङ अस्पतालमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम सुरु सुभारम्भ गरेको छन् । मुख्यमन्त्री जमकट्टेलले आज धादिङ अस्पतालमा आयोजित कार्यक्रमका बीच उक्त कार्यक्रम उद्घाटन गरेका हुन् । कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री जमकट्टेलले यो कार्यक्रम नयाँ नभएको र ०७५ साल देखि नै सुरुभएको,महत्वपूर्ण पनि रहेकोले प्रदेश सरकारले निरन्तरता दिँदै आएको बताएका थिए ।

धादिङ अस्पताललाई भौतिक पूर्वाधार र उपकरण सहितको अस्पताल बनाईन १०० वेडको अस्पतालको रुपमा स्तोरउन्नती गरिने समेत उनले बताए । कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति एवम् संघीय सांसद रामनाथ अधिकारीले धादिङ अस्पतालबाट प्रवाह हुँदै आएको सेवा पछिल्लो समय प्रशंसनीय रहेको बताएका थिए ।

यस्तै प्रदेश सांसद गोविन्द लम्सालले अहिले अस्पतालको क्षेत्र साँघुरो रहेकोले अस्पताल अन्यत्र स्थान्तरण गरेर अहिले अस्पताल रहेको ठाउँ नीलकण्ठ क्याम्पसलाई दिनु पर्ने राय प्रस्तुत गरेका थिए भने नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले अहिले धादिङमा ११ जना सांसद रहेको हुँदा धादिङको समग्र विकासले फड्को मार्नेमा आफु ढुक्क रहेको बताएका थिए । स्थानीय तह, प्रदेश र संघीय तीन तहका जनप्रतिनीधि र पार्टी प्रतिनीधि बसेर बजेट आउनु अघिनै धादिङको विकासका लागि एक मतका साथ योजना तय गरौं भन्ने प्रस्ताव समेत ढुङ्गानाले राखेका थिए ।

नसर्ने रोग तथा जोखिम पहिचान गरी उचित परामर्श सहित उपचार मार्फत जटिल हुन नदिन तथा यस रोगलाई न्यूनीकरणतर्फ लैजान मुख्यमन्त्री–जनता स्वास्थ्य कार्यक्रम शुरु गरिएको जिल्ला अस्पताल धादिङका डाक्टर दिनेश रेग्मीले बताएका थिए । रेग्मीका अनुसार यो वर्षका लाागि आजबाट ३० वर्षमाथिका अति विपन्न, दलित, जनजाति, लोपोन्मुख, शहीद परिवारलगायत द्वन्द्व पीडित नागरिकले यो सेवा लिन सक्ने छन् । अस्पतालबाट प्रवाह हुने सेवा गुणस्तरीय र प्रभावकारी बनाउन अस्पतालको पुरै युनिट एकतावद्ध भएको जानकारी दिँदै निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले अस्पतालको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए ।

धादिङ अस्पताल संचालक समितिका अध्यक्ष राजाराम रिजालको सभापतित्वमा भएको उक्त ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ को शुभारम्भ कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति रहेश धमला, माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी, बेनीघाट रोराङका अध्यक्ष कृष्णबहादुर थपलिया विवेक, जिल्ला स्मन्वय प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा लगायत दल तथा विभिन्न संघ संस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।