धादिङका प्रदिप गिरी २७ औं एशियन तेक्वान्दो खेल्न हङकङ प्रस्थान

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १८, २०७९

धादिङ । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता खेलि सकेका धादिङका प्रदिप गिरी २७ औं एशियन सिटिज प्रतियोगितामा भाग लिन हङकङ प्रस्थान गरेका छन् ।

हङकङ तेक्वान्दो एसोसिएसनको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता नेपाली पात्रो अनुसार फागुन २० गते देखि २३ गते सम्म हुनेछ ।

नेपाल तेक्वादो संघ धादिङको अध्यक्ष समेत रहेका प्रदिप गिरीले राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश नं ३ तेक्वान्दो छनोट प्रतियोगितामा धादिङका लागि गोल्ड मेडल समेत जिताउँदै राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।