बद्री पंगेनीको ‘पैसा सापटी’ सार्वजनिक

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १७, २०७९

काठमाडौं । बद्री पंगेनीको नयाँ गीत ‘पैसा सापटी’ सार्वजनिक भएको छ। १७ मिनेट लामो म्युजिक भिडिओको शुरुमा पैसा सापटी लिनुभन्दा अघि र लिएपछि मान्छेको वास्तविक चरित्र कस्तो हुन्छ भनेर राम्रोसँग चित्रण गरिएको छ ।

गीतको शुरुमै भनिएको छ,
एक महिनालाई सापटी माग्यो
एक वर्ष भो कता भाग्यो
सापटी नदिए आफन्ती टाढा
सापटी दिँदा बिग्रियो सारा

गीतको अन्त्यमा बद्री पंगेनीले भनेका छन्– आर्थिक लेनदेनमा इमानदारीता भएन भने यस्ता गितहरुको सृजना हुने गर्दछ । बद्री पंगेनी र रचना रिमालले गाएको यो कर्णप्रीय गीतमा सागर लम्साल बले,अनु रेग्मी,नन्दा बस्याललगायतका कलाकारले सापटी लिने र दिनेको वास्तविक अभिनय गरेका छन् ।
नेपालीमा एउटा उखान छ,
ठेस नलागे उखुबारी पस्नु
ऋण नलागे जमानी बस्नु
ठिक यस्तै दृष्य गीतमा देख्न पाइन्छ ।
बाँकी यो गीत हेर्नुस्