स्ववियु चुनाव नजिकै सँगै, धादिङमा तातेको अखिल (क्रान्तिकारी)

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १६, २०७९

धादिङ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरे सँगै धादिङ माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले इकाई कमिटीहरु गठनमा तिब्रता दिएको छ । त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले स्ववियु चुनाव चैत ५ गते गर्ने निर्णय गरे सँगै धादिङका क्याम्पसहरुमा अखिल (क्रान्तिकारी) ले संगठन विस्तारलाई जोड गरेको हो ।

अखिल (क्रान्तिकारी) धादिङले आर्दश बहुमुखी क्याम्पस गजुरीमा गणेश पाण्डेको नेतृत्वमा २५ सदस्यीय, नीलकण्ठ बहुमुखी क्याम्पसमा ईश्वरी प्रसाद आचार्यको अध्यक्षतामा २५ सदस्यीय, चन्द्रदोय बहुमुखी क्याम्पस बेनिघाटमा सुशील बस्नेत अध्यक्षतामा २९ सदस्यीय, इकाई कमिटी गठन गरेको छ । यस्तै नेत्रावती सामुदायिक क्याम्पसको अध्यक्षमा निशा तिमल्सिना, जय बागेश्वरी बहुमुखी मलेखुको अध्यक्षमा नबराज त्रिपाठी, आर्दश बहुमुखी क्याम्पस गजुरीको अध्यक्षमा गणेश पाण्डे, मछिन्द्र बहुमुखीको अध्यक्षमा अनिल उप्रेतिलाई चयन गरिएको धादिङबाट केन्द्रिय सदस्य बनेका उपेन्द्र जम्कट्टेलले बताए ।

धादिङमा ७ वटा क्याम्पसहरुमा स्ववियु चुनाव हुने गरेका छन् । यस अघिको स्ववियु चुनावमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारी) मिलेर चुनाव लडेका थिए यो पटक पनि मिलेर चुनावमा जाने विषयमा छलफल भई रहेको जम्कट्टेलले बताए ।
गत स्ववियु चुनावमा दुई संगठनको सहमती

१. सल्यानटार क्याम्पस सल्यानटार -सभापति नेवि संघ
२. नेत्रावती क्याम्पस खहरे सभापति – अखिल (क्रान्तिकारी)
३. निलकण्ठ क्याम्पस धादिङ बेसि सभापति -नेवि संघ
४. मछिन्द्र क्याम्पस खानिखोला सभापति -नेवि संघ
५. आदर्श क्याम्पस गजुरी सभापति – अखिल (क्रान्तिकारी)
६. जयबागेश्वरी क्याम्पस रिचोकटार सभापति -अखिल क्रान्तिकारी
७. चन्द्रोदय क्याम्पस विशालटार सभापति -नेवि संघ

चैत ५ गतेसम्मको निर्वाचन कार्यतालिका
फागुन १९ गते विद्यार्थी संघरसंगठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।

यस्तै कार्यतालिकाअनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।

निर्देशनालयका निर्देशक अधिकारीले स्ववियु निर्वाचनको प्रचार–प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको छ । स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ ।