धादिङमा २५ औं स्वास्थ्य सेवा दिवस मनाईयो

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन १५, २०७९

धादिङ । धादिङ अस्पतालको आयोजनामा आज धादिङबेसी सदरमुकाममा २५ औं स्वास्थ्य सेवा दिवु मनाईएको छ । दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा, निरोगी नेपाल निमार्णमा टेवा भन्ने नाराको साथ धादिङ अस्पतालले स्वास्थ्य सेवा दिवस मनाएको हो ।

दिवसको अवसरमा अस्पतालले धादिङबेसीमा सचेतना र्याली, अस्पतलाका विरामीलाई फलफुल वितरण र रक्तदान कार्यक्रमको आयोजना गरेको कृष्णलाल उप्रेतीले धादिङपोष्टलाई बताए ।

स्वास्थ्य सेवा ऐन २०५३, वि.स. २०५३ साल फागुन महिनाको १५ गते राजपत्रमा प्रकाशित भएको दिनलाई सम्झेर हरेक वर्ष फागुन १५ गतेका दिन नेपालमा राष्ट्रिय स्वास्थ्य सेवा दिवस मनाइन्छ । यो दिवस मनाउनुको मुख्य उद्देश्य नेपालको स्वास्थ्य सेवा ऐन, नियमावली तथा अन्य नीतिअनुरूप स्वास्थ्य सेवालाई जनमुखी र गुणस्तरीय बनाउँदै स्वास्थ्यमा सबैको पहुँच स्थापित गर्नु हो । नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुऱ्याउने मुख्य लक्ष्य अवलम्बन गर्दै आएको छ ।

२०६९ साल फागुन १५ गतेबाट राष्ट्रिय स्वास्थ्य स्वास्थ्य सेवा दिवस मनाउन थालिएको भएतापनि एक्कासी २०७७ सालमा सरकारले एकैपटक २३ औँ स्वास्थ्य दिवस मनाउने भनि पत्रचार गरेपछि २०५४ साललाई पहिलोपटक मान्दा २०५४ सालदेखि मनाइँदै आइरहेको छ भन्न सकिन्छ ।