कांग्रेस धादिङका नेता दानबहादुरसिंह ठकुरीको निधन

Avatar photo
Dhadingpost
बिहिबार, माघ २६, २०७९

धादिङ । नेपाली कांग्रेसका नेता एवम् प्रजातन्त्र सेनानी संघ, धादिङका अध्यक्ष दानबहादुरसिंह ठकुरीको आज ७३ वर्षको उमेरमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट ग्रसित त्रिपुरासुन्दरी गाउँपालिका, वडा नं ६ निवासी ठकुरीको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, काठमाडौंमा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेस धादिङले जनाएको छ ।

कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले शोक शोक विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तीमा भिनएको छ, निधनले नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, धादिङ अत्यन्त मर्माहत भएको छ र गहिरो दुस्ख प्रकट गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । र, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ । साथै शोकसन्तप्त परिवार र आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

प्रजातन्त्र पुनःस्थापना तथा पञ्चायती शासन व्यवस्थाको विरुद्धको आन्दोलनमा उहाँ पटक-पटक जेल तथा प्रहरी हिरासतमा पर्नु भएको थियोे । उहाँको निधनले नेपाली कांग्रेसले एक अनुभवी, कुशल संगठनकर्ता र अभिभावक गुमाएको छ । नेपालको लोकतान्त्रिक आन्दोलन, नेपाली कांग्रेसको पार्टी संगठन निर्माण र सामाजिक सेवामा उहाँले पुर्‍याउनु भएको योगदानको नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, धादिङ सम्मान गर्दछ ।