नेत्रावती डवजोङले आज राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दै

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २४, २०७९

धादिङ । माध्यामिक विद्यालयमा अध्ययनरत १८ वर्ष मुनिका विद्यार्थीले भाग लिन पाउने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नेत्रावती डबजोङ गाउँपालिकाले आज (माघ २४ गते) गर्ने भएको छ । प्रतियोगिता चौतारा मावि सेमजोङमा हुनेछ ।

प्रतियोगिताको लागि सम्पूर्ण तयारी सकिएको गाउँपालिकाले जनाएको छ । भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराँते र उसु खेल प्रतियोगिता समाबेस भएको भयता पनि हाम्रो पालिकामा सबै प्रतियोगिताहरु हुँदैन् तरपनि जति विधामा सकिन्छ त्यति विधाका खेलाडी छानोट गरि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेलाडी पठाईने गाउँपालिकाका प्रवक्ता ठाकुर गुरुङले बताए ।

यस अघि ०७६ सालमा नेत्रावती डवजोङले आयोजना गरेको नेत्रावती डब्जोङको राष्ट्रपति रनिङ शिल्ड निरन्जना माविले जितेको थियो उक्त प्रतियोगितामा मार्पाकको निरन्जना माध्यामिक विद्यालयले १६ स्वर्ण, ७ रजत र ३ कास्य गरि २६ पदक जितेको थियो भने मार्पाक कै मङ्गलादेवी माध्यामिक विद्यालयले ५ स्वर्ण, १२ रजत र ८ कास्य सहित २५ पदक लिँदै द्धितीय भन्न सफल भएको थियो । यस्तै सह-आयोजक विद्यालय कुण्डलादेवी माध्यामिक विद्यालयले ५ स्वर्ण, ५ रजत र ४ कास्य सहित १४ पदक ल्याउँदै सान्तोना स्थान हासिल गरेको थिए ।