केवलपुरमा ५३ जनाद्वारा रक्तदान

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २०, २०७९

धादिङ । नेपाल रेडक्रस सोसाईटी केवलपुर उप शाखा धादिङले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् ।

सहिद दिवस २०७९ को अवसरमा आयोजित उक्त रक्तदान कार्यक्रममा १३ जना महिला ४० जना पुरुष गरि ५३ जनाले रक्तदान गरेका हुन् ।