धादिङका डीपी अर्याल श्रम मन्त्री बने, के छ उनको विगत

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ३, २०७९

धादिङ । धादिङ ज्वालामुखी गाउँपालिका निवासी डिपी अर्याल डोल प्रसाद अर्याल (डीपी) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको उप सभापति समेत रहेका अर्याल इजी लिंक रेमिट्यान्सका प्रबन्धक प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।

धादिङको ज्वालामुखी गाउँपालिका निवासी डोलप्रसाद अर्याल (डीपी) राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति समेत हुन् । उनले करिव एक दशक शिक्षा क्षेत्रको नेतृत्व सम्हालेका थिए । अर्यालसँग पर्यटन क्षेत्रमा २ दशक भन्दा बढि काम गरेको अनुभव छ । जहाँबाट उनले अरबौं विदेशी मुद्रा नेपाल ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

रेमिट्यान्सको रकम सही प्रयोग होस भनेर “रेमिटान्सको रकम उत्पादन क्षेत्रमा लगानी गरौ“ भन्ने नारा सहित देशमा अरबौं रकमको रेमिट्यान्स भित्र्याउन उनले योगदान गरेका छन् । अर्याल सहकारी मार्फत नागरिकको आर्थिक अवस्था उकास्ने सहकारी अभियन्ता समेत हुन् । स्वदेश तथा बिदेशमा समेत लामो ब्याबसायिक अनुभब बोटुलेका अर्याल पार्टीको आन्तरिक ब्यबस्थापनमा समेत महत्वपूर्ण भुमिकामा छन् ।

कालिकोटमा बनेको अस्पताल होस या कोरोना महामारीमा देशै भरी अक्सिजन ब्यबस्थापनमा होस उनको अतुलनीय योगदान छ । आफ्नो ज्यानको बाजी राखेर नागरिक र समाजको लागि काम गर्दै आएका उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बने सँगै केहि नयाँ काम गर्नसक्छन् भन्ने आशा गर्न सकिन्छ ।