धादिङका नारायण उपाध्याय सहित ७ जना माओवादी कार्यकर्ताको आजैका दिन यसरी हत्या गरिएको थियो

Avatar photo
Dhadingpost
बुधबार, पुस १३, २०७९

धादिङ । तात्कालिन नेकपा माओवादीले संचालन गरेको जनयुद्धको क्रममा धादिङको पहिलो सहिद नारायण प्रसाद उपाध्यायले आजैका दिन अर्थात ०५५ साल पुस १३ गते सहादत प्राप्त गरेका थिए ।

सिद्धलेक गाउँपालिका साविकको कुम्पुर परेवाटा निवासी नारायण प्रसाद उपाध्याय मध्य कमाण्डको सेक्सन सह–कमाण्डरको जिम्मेवारीमा रहँदा गोर्खाको केरावारीमा प्रहरीले हत्या गरेको थियो ।

उक्त गोर्खाको केरावारी हत्याकाण्डमा प्रहरीले धादिङका उपाध्याय सहित हरी चन्द्र थापा मगर, दुर्गा श्रेष्ठ, सुनिता श्रेष्ठ, गुप्त व. नकर्मी, सुर्य कुमाल, मुक्ति न्यौपाने गरी सात जनालाई एकै ठाउँमा हत्या गरेको थियो ।

गोर्खाको खरिबोटमा ने.क.पा.(माओबादी) ले आयोजना गरेको केन्द्रिय सैन्य तालिममा भाग लिन जादै गर्दा केरावारी भन्ने ठाउँमा सेल्टर बसेका थिए । स्थानिय सुराकिद्धारा प्रहरीलाई सुराक दिएपछि गोर्खा जौबारी प्रहरी चौकीले पूरै गाउ घेरा हालि गाली चलाउँदा ७ जनाको ज्यान गएको थियो भने । केहि माओवादी कार्यकर्ताहरुले प्रहरीको घेरा तोड्न सफल भएका थिए ।